हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गीत

प्रकाश प्रतीक, (तनहुँ)


 सपना कति देखियो सुनाउनु थियो मैले
 तिमीसंग मनको गाँठो फुकाउनु थियो मैले
 
 कति दुःखेँ तिम्रै निम्ति बाँचिदिन्छु भन्दा
 कति रोएँ तिम्रै निम्ति हाँसिदिन्छु भन्दा
 मनको त्यो गह्रुङ्गो भारी बिसाउनु थियो मैले
 तिमीसंग मनको गाँठो फुकाउनु थियो मैले
 
 उचाई पाएँ कि मैले गहिराई पाएँ कि
 तिमीलाई मन पराँउदा पागल भएँ कि
 आफ्नैपनको वेग्लै व्यथा देखाउनु थियो मैले
 तिमीसंग मनको गाँठो फुकाउनु थियो मैले
 
 सपना कति देखियो सुनाउनु थियो मैले
 तिमीसंग मनको गाँठो फुकाउनु थियो मैले 
  
 

Comments

Anju Dahal

राम्रो छ, जसलाई मनको गाँठो फुकउनु पर्ने हो फुकाइहाल्नु ल, प्रकाश भाईको कलम अझ अगाडि बढोस् शुभकामना......

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |