नखोलीदेउ त्यो घुम्टो तिम्रो
बिनोद खड्का, (दोहा कतार)
नखोलि देउ त्यो घुम्टो तिम्रो आँशु यो बर्षिन्छ
पराई हात सिउँदोमा तिम्रो मन मेरो कुँढिन्छ ।
अल्लारे उमेर साथमा तिमी कसरी बिर्सनु ?
हाट र मेला चुल्बुले साथ कसरी सम्झनु ।
देउराली पाखो त्यो चौतारी सम्झना आउँदा
रोउँला सायद सम्झनाभरी तिमी नै छाउँदा ।
बिलाई गए कसम हाम्रा कता पो हराए
मनका कुरा मनमा नै रहै त्यसै ती बिलाए ।
कसरी हिड्नु ती वनपाखा तिम्रै याद आउँदा
कसरी थाम्नु मन यो मेरो तिमि नै छाउँदा ।
नखोलीदेउ त्यो घुम्टो तिम्रो आँशु यो बर्षिन्छ
पराई हात सिउँदोमा तिम्रो मन मेरो कुँढिन्छ ।
दिईथ्यौ हात सकिन थाम्न खोई के ले लघार्यो
सकिन मैले तिमीलाई पाउन भाग्य ले पछार्यौ ।
सूखी नै रहु म रोए पनि यही छ कामना
निष्ठूरी होईन नबिर्स मलाई राख है सम्झना ।
नखोलीदेउ त्यो घुम्टो तिम्रो आँशु यो बर्षिन्छ
पराई हात सिउँदोमा तिम्रो मन मेरो कुँढिन्छ ।
९ डिसेम्बर २००९, बुधवार