हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नयाँ वर्ष

रजनी श्रेष्ठ, (भर्जिनिया)

पुरानो वर्षको बिदाई पछि
नयाँ वर्षको शुभआरम्भ हुन्छ,
पल पलको संगालोमा
प्रत्येक घण्टा बन्छ
प्रत्येक घण्टाको २४औ फन्को भित्र
दिन र रात को
क्रम जारि हुन्छ
लगभग तिस दिनको एक मुट्ठी भित्र,
महिनाको आगमन हुन्छ
१२ महिनाको फूलबारीमा
एक वर्षको मुल्यांकन हुन्छ
तीता,  मीठा  सत्य र असत्यको
घटनाहरु बोकेर,
यहि बाह्र महिनाभित्र
नरचोलीहरु फेरिएको हुन्छ
कुनै न कुनै बहानामा
आउने र जाने क्रम भै रहेकै हुन्छ
प्रकृतिको नियम भित्र
बिछोड र मिलन भैरहेकै हुन्छ |

हो यो समय हो
समयको नियम पनि हो
नयालाई स्वागत गर्ने
पुरानोलाई बिदाई दिने
बुझ्नु पर्ने पनि हो
कतिपय बुझेकै पनि हो
तर पनि किन यस्तो भैरहेछ !
शान्तिको नाममा कलह
सुन्दर सपनाको लालसामा
कहिले धनको लोभमा
कहिले स्वतन्त्रताको नाममा
मानब मानब बीच हत्या भैरहेछ
धर्मको नाममा अधर्म गरिरहेछ
मेरो अनुरोध छ
२०६७ सालले सबैमा स्वच्छ विचार छरीदेउ
शान्तिको नाममा हुने कलहलाई हटाई देउ
मानब कल्यानार्थ सुख समृद्धि र शान्ति छरी देउ
सबै सुखी होउन यही बरदान देउ |
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |