हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गीत

प्रकाश सायमी, (ललितपुर)

 

विस्तारै बिर्सन खोज्छु बिर्सन सक्दिन

नदी हो जीवन जानेर पनि म तर्न सक्दिन

 

छालहरु उठ्छन् खस्छन्

दुःख मनमै बस्छन्

निरिह छन् किनार पनि

भेलभित्रै फस्छन्

कहाँ पारि कता वारि छुट्याउन सक्दिन

विस्तारै…॥

 

गीतमै रुन्छन् आँखाहरु

गीतमै ओठहरु

रागहरु झैँ आलाप छोड्दै

दुख्छन् चोटहरु

फर्केर फेरि उही ठाउँ म पुग्न सक्दिन

विस्तारै…

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |