हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कामना

विद्या सापकोटा, (हालः शंकरदेव कलेज काठमाडौं)

 

निहार्दै घामको नयाँ झुल्को  

म माग्दैछु नयाँवर्षसँग

खिप्दैछु  

शुभकामनाका अक्षरहरु  

मेरो आफ्नै बस्तीको लागि ॥

 

यो मेरो आदिम बस्ती

जहाँका घट्टहरुले सामल हैन मुटु पिन्छन्  

घोटिइरहन्छन् ओखलहरु

तर त्यहाँ मसला हैन

सौहार्दता फालिन्छन् र पिसिइरहन्छन् ॥

 

हर जन्मको शुरुवातसँगै  

कुपोषणले रोगिन्छन् नवजातहरु  

अनि ढ्याङ्गग्रोको ढ्याङढ्याङमा  

पूर्वे/नेपालेको दोष पाएर सिद्धिन्छन्  

एक सर्को तमाखुमा अल्झिएका जीवन

टि वि र क्यान्सर हुदैं

कालो पिचाशमा गएर अड्कन्छन् ॥

 

यहाँका  

शहरी बलँसीभरी  

वैजनी फ्याँक्दै नीला घाम  

खिस्रिक्क उदाउँछन्  

त्यही घाम रातो हुदाँनहुदैं

सम्साँझै

विवशताको गल्लि गल्लिमा  

सुकोमल किचकन्नीहरु जन्मिछन्/जन्माइन्छन् ॥

 

हो म स्वतन्त्रता मागिरहेछु   

सधैंको यो दृश्य/अदृश्य  

भूत/ प्रेत/ पिचाश /किचकन्ने  

डाक्टर/ झाक्री  

प्रेमी /दलाल

तराजु/ प्रेमिका

…………………॥

बजार र अडानबाट ॥

 

साच्चैं यही मागका साथ

चलमलाइरहेछ मेरो कलमी तन्द्रा  

जहाँ कालिदासले नलेखेको  

शान्ती महाकाव्य लेख्न सकियोस्  

शेक्सपियरले मिलाउन नसकेको

रोमियो जुलियटको  

प्रेमिल जोडी मिलाउन सकियोस् ॥

 

किम्वदन्तिको किचकन्नी कथाभित्र

युगआवाज वन्धक हुन नपरोस्  

रित्तो कतहरा पेटभरी खाएर

अमन गर्दै मान्छे  

स्वर्ग गएको कुरा सुन्नु नपरोस्

रुढीले ढाकिएर गरिवीले पेलिएर

आफ्नो लाज ढाक्न  

मृत आत्मालाई गाली गर्न नपरोस् ॥

 

बस्तीमा मुस्कुराएका फूल उन्दै

आस्थाका माला बुन्न सकियोस्

अक्षरका वृक्षहरु सुँघ्दै सुँघाउँदै

सभ्यताका वीजहरु कोरल्न सकियोस् ॥

 

HAPPY NEW YEAR

 

कल्याणपुर ७ नुवाकोट  

 

 

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |