हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

म बि सिंह, (बोष्टन)

मेरै प्रबृत्ति आखिर थामेछौ !
सिर्फ म, म, म, भनेर  बाँचेछौ !

अरु नै केहि निस्कियौ अन्तत:
लामो अबधी धोकामा राखेछौ !

भित्री कमलो अङ्गमा राखेथें
खेल्न भेटेको खेलौना ठानेछौ !

पूण्य कर्मको थालनी होला नि !
नयाँ नामले चिनिन थालेछौ !

तिमी जर्जर भएको सिद्ध भो
पानी पिएर निष्फिक्री मातेछौ !

मेरो मुहार फोहोर पारेर
आफ्नो चरित्र उदाङग पारेछौ !

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |