हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

जाँदाजाँदै…

प्रकाश सायमी, (ललितपुर)

 

जाँदाजाँदै
आज फेरि मन उधारै रह्यो

ढोकैसम्म पुगेर पनि पाइला संघारै रह्यो
 
छिचोलेरै पुगेको थेँ, कति आँखा बाधा थिए
चाहना थ्यौ तिमी मेरो सपना पनि आधा थिए
खोलूँ भन्थेँ मनको ढोका सबै अपुरै रह्यो
ढोकासम्म पुगेर पनि पाइला संघारै रह्यो  
 
काँढामाथि टेक्नु पर्यो त्यो पनि सहेकै थेँ  
दुनियाँ नै बैरी हुँदा तिम्रो आफ्नो भएकै थेँ
कुन सीमाना कोर्यौ दैव ! बोली अधुरै रह्यो
ढोकैसम्म पुगेर पनि पाइला संघारै रह्यो

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |