हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

घुम्टो ओढेर

केदार श्रेष्ठ 'गगन', (भीमस्थान-५सिन्धुली, हाल-यू.ए.ई.)

गयौ तिमी पराईको घुम्टो ओढेर

खाएका ती बाचा कसम सबै तोडेर ।

  

अँध्यारो छ चारैतिर लाग्छ बिरानी

रात जान्छ रोइ-रोइ भिज्दै सिरानी

किन गयौ पराई भई मलाई छोडेर  

खाएका ती बाचा कसम सबै तोडेर ।

  

टाढा हुँदा सम्झिएर सधैँ तिमी रुन्थ्यौ

बाँच्न भयो गाह्रो तिमी बिना भन्थ्यौ

तर आज गयौ किन  मलाई छोडेर

खाएका ती बाचा कसम सबै तोडेर ।

   

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |