हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कोही कल्पना गरुँ म…।

गीता त्रिपाठी, (काठमाण्डौ)



कोही कल्पना गरुँ म तिमी त्यही पात्र मेरो

सारा दुनियाँ बेग्लै तिमी छौ मात्र मेरो

 

छन् शब्द आज भारी बुझ्नै कठिन छ भाषा

तर दिलको नजिक तिमी चुपचाप अटल यो आशा

केही सम्झना गरुँ म तिमी त्यही गीत मेरो

हारेर दुःख छैन तिमी त्यही जित मेरो

 

के हुन् यी बाधा सारा आकाश खुला छ मािथ

पाउनु, गुमाउनु भन्दा यात्रा ठूलो छ साथी

केही उच्छ्वास सगालूँ तिमी त्यही श्वास मेरो

थाकेर लर्खराउँदा  तिमी नै  भरोसा मेरो

 

कोही कल्पना गरुँ म तिमी त्यही पात्र मेरो

सारा दुनियाँ बेग्लै तिमी छौ मात्र मेरो

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |