हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

पुष्प अधिकारी 'अन्जली', (काठमाण्डौ)



एक कान दुइकान मैदान हुदैछ
दिएजति सबै अनुदान हुदैछ

भ्रष्टहरु सबैलाइ सफाइ दिएर
निर्दोष माथि अनुसन्धान हुँदैछ

को को छन् देशद्रोही लुक्नुपर्दैन
मतियार सबैको पहिचान हुँदैछ


कहाँ भयो खै अपराधीलाई सजाँय
हत्याराहरुको अझै बयान हुँदैछ

सुरा पिएर सुन्दरीसँग कविहरुको
भव्य महफिलमा नाचगान हुँदैछ ।

Comments

jeevan subedi 'pranaya'

wa dai wa sharai nai ramro gajal rahechha ....dai keep it up.....aba balla maja aaune vayo gajal sunna ..................

बसन्त श्रेष्ठ'क्षितिज'

शब्द सयोजन,बान्की र समसामहिक रुपमा अति नै राम्रो गजल । 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |