आखिर ! फूल फूल नै हुन्
विद्या सापकोटा, (हालः शंकरदेव कलेज काठमाण्डौं)
हर उषाको उदयसँगै
विउझिन्छ नविन आशा
तृप्तिको मुख खोलेर ॥
फट्कार्दै आँखा
फक्रन्छन् कोपिला
जगमगाउछन्
खित्खिताउछन्
फेरी लजाउदै निहुरिन्छन्
सौन्दर्यमा सुवास मिसाएर ॥
सँगै
मस्कन्छ रमाउछ
अनि
राक्षसी आदत देखाउदै
झम्टन्छ त्यो भवरा
आफैलाई मालि भनाएर ॥
वडो मूर्ख भंवरा
आडम्वर बोक्छ
आडम्वर खान्छ
आडम्वर पिउँछ
आडम्बर जीउँछ
अन्त्यमा
आडम्वर मै मर्छ ॥
कहिले बुझ्ने हो यिनले
ती फूल/ती कोपिला
लपेटिन्छन् उसैमा
भुलिदिन्छन् आफैंलाई
फूल हुनुको कमजोरीले हैन
हुदैं निथ्रुक्क
ओइलाइदिन्छन् लल्याकलुलुक
झर्नुको विवशताले हुदैंहैन
……………………………।
ती त प्रेम गर्छन् 'प्रेमु'
के प्रेम गर्नु कमजोरी हो?
विश्वास/समर्पण कायरता हो ?
अनि सृष्टि…………।
सृष्टि अपराध हो ?
हो नै भने पनि
मन्जुर छ अपराध
स-स्विकार बिल्ला
…………………॥
आखिर ! फूल फूल नै हुन्
…………………।
चुडिँनु/टिपिनुको पीडाले
ओईलाउँदैनन् कोपिला
झर्नुको वास्तविकताले
गज्मजिदैनन् फूलहरु
हार्दिनन् आमा
विल्कूल कायर हुन्नन् धर्ती
बरु ……बरु……॥
हर चुम्बनको तृप्ततामा
एक ओइलाउनुको बदलामा
नारी हुनुको महानतामा
जन्माउछन् जन्माइरहन्छन्
अरु अरु
अरु धेरै सुकुमार फूलहरु ॥
Comments
Shisir bhandari
Bidhya g, bhabanatmak hajurko ao kabita malai sarahi manparyao tara Bidhya g, vamara bhayana bhane pani ful ko k auchitya hoina ra ?