जून हराएको देशमा
वसन्त विवश आचार्य, (तुलसीपुर, दाङ्ग)
साउन पोतिएका आँखामा
सङ्गलो सपनाको कोशी वगाउदै
कतिञ्जेल घामलाई सिरानीमा राखेर घुर्छौ
ए देश वोक्ने मनहरु
उठ तिमी नउठ्दासम्म
देश उठ्ने छैन
जुन उठ्ने छैनघाम उठ्ने छैन
भुई तल पारेर जतिसुकै उँचाइको वखान छाटेपनि
गिद्धहरु कहिल्यै आकाश छुन सक्तैनन्
तिमी संप्तरङ्गि इण्द्रेणी हौ
जो भूईलाई अंकमाल गरेर आकाश छुन्छौ
तिमी धैर्यताको कर्णाली हौ
जो व्यवधानका चट्टानहरुलाई हिर्काउदै
शान्त समुद्रलाई चुम्बन गर्छौ
बारुद सँग सम्भोग गरेर
तिमीले रङ्गाएको सपना
यतिवेला प्रसव पिडामा छट्पटाएको छ
यो गर्भाधान हुन नसकेको विहानजस्तै ।
हो तिम्रा रापिला जोशमा टेकेर
उचाईको फुई झार्नेहरु
फेरि लामवद्ध भईसकेका छन्
अब तिमी सोक्रेटस वनेर
चुपचाप 'हेमलक' पिउनुहुदैन अिन
'सीसीफस' जिन्दगी वाच्नु हुदैन
तिम्रा निर्दोष चक्षुहरुले
अंगारे मनहरु देख्नसक्नुपर्दछ
तिमी गुलाब बन्यौ र त
कुल्चिए तिम्रो अस्तित्वलाई
हो अव तिमी चट्टान वन्नुपर्दछ
सदियौ नखिईने चट्टान
अनि हेर त
कस्ले कुल्चन्छ तिमीलाई
तिम्रै सपनाका मालिहरुवाट
फुलहरु वलात्कृत हुदैछन्
परिवर्तनको हत्याराले
काचनजंगा जस्तो तिम्रो छातिमा
रिभल्वरको च्याम्वर हिजै
तेर्स्याएको हैन र
अनि किन
भयको खास्टो ओडेर
सियो खोपेका र्छौ ओठहरुमा
जिजिविषाको पर्खाल नाघेर
श्वेत सपनामा रङ्ग भर्न
उठ
तिमी नउठ्दासम्म
देश उठ्ने छैन
जुन उठ्ने छैन
घाम उठ्ने छैन
Comments
prasanna ghimire
very nice, marvallous writeing. i am a fan of prakash sayame traval writing