हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पर्खी बस्छ बगर सधैँ

केदार श्रेष्ठ \\\'गगन\\\', (हाल: यु. ए. इ.)


फूलले माया गर्दा–गर्दै बास्ना उडिजानी
पर्खी बस्छ बगर सधैँ बगि जाने पानी
लाग्छ मलाई भएँ आज त्यस्तै मै पनि ।

पिडाहरु उर्लि आउँछन् भाका फेरीफेरी
आगो बल्छ मनभित्र झल्को आउँदाखेरि
निभाउन मनको आगो पाइनं कतै पानी
अधकल्चो भयो मेरो प्यासी जिन्दगानी ।

माया भन्नु सधैँभरि बल्झिरहने घाउ रै’छ
तर्दा–तर्दै नदी बिच डुबि जाने नाउ रै’छ
बग्यो होला कति–कति सुनकोशीमा पानी
आशैआशमा जान्छ क्यारे मेरो जिन्दगानी ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |