आकाश जमिन चारैतिर
बिमल गिरी, (झापा, चारपाने, हाल: ब्रसेल्स)
आकाश जमिन चारैतिर बहकिन्छ मन
रित्तिसक्यो भन्थें म त बर्षिरहन्छ झन
हिउँ झैं फुल्ने रहरका सुकिगए बोटहरु
समयको लप्का सँगै धमिलिए ओठहरु
अस्ताएको घाम जस्तै भावुक हुन्छ मन
रित्तिसक्यो भन्थें म त बर्षिरहन्छ झन
टोलाऊँथें किनारमा भुमरिको सयर गर्दा
उदास भो जीबन यो निष्टुरिको भर पर्दा
छातीभरी तनाव बोकी बेहोसमा रुन्छ मन
रित्तिसक्यो भन्थे म त बर्षिरहन्छ झन
आकाश जमिन चारैतिर बहकिन्छ मन
रित्तिसक्यो भन्थें म त बर्षिरहन्छ झन