हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मह मेरो नजरमा

प्रकाश सायमी, (काठमाण्डौँ)


'
मह' नेपालको प्रसिद्ध हास्य समूहको जीवन्त नाम हो यसको जन्म नेपाल राष्ट्र व्याँकको स्वर्ण महोत्सवको वेला भयो यही समय कवि कृष्णभूषण बलले अभिनय गरे, नाटककार विजय मल्लले विज्ञापन नाटक लेखे गायक रुवी जोशीले महको एकीकरण गरिदिए अर्का हास्य कलाकार राजाराम पौडेलले नामाकरण गरिदिए 'मह' भनेर महको जन्म हुँदा  पंचायतकालको चरम समय थियो केही साप्ताहिक पत्रिका सरकार सत्ताको विरोध गर्थे टेलिभिजन रेडियोमा यस किसिमको कामको स्वागत हुँदैनथियो तर हास्य कलाकारका लागि गाइजात्रा महोत्सव बाहेक अन्यत्र विरोध गर्ने छुट वा अवसर थिएन केही सामाजिक संघसंस्था व्यापारिक संस्थाले आयोजना गर्ने साङ्गीतिक कार्यक्रममा महको उपस्थितिले त्यो छुट पाउँदै गएको समय नेपाली जनस्थानमा हास्यव्यँग्यको करामत देखिँदै गयो यिनले आफ्नो वैभवलाई ऊर्जाशील बनाए मह नेपालको पहिलो हास्य जोडी नभए पनि यसले अघिल्ला पुस्ता पालहाडा- राजपाल थापा ध्रुब हाडा  अनि गुप्त सेन मास्टर केशवको जोडीको गरिमालाई छुँदै गयो
आफ्ना समकालीन गोपालराज मैनाली, भोला थापा सन्तोष पन्तको संसाथमा प्रहशन विधालाई  मंचमुखी बनाउँदै लगे गायनले भर्खरै शिखरस्तम्भ बनेका नारायणगोपालको एकल साँझमा महको उपस्थिति, हङकङ, भारतको डुवस्र, सिलिगुडीतिर हुँदै विस्तारै अन्तर्राष्ट्रियकरण हुँदै गयो महले आफ्नो समयमा बनाएका प्रहशनलाई नेपाली रचनासत्तामा एक सशक्त कलाको रुपमामात्र नभइकन पनि समय परिवर्तनको कारिगरको रुपमा यसले ठाउँ बनायो दुवै हास्य अभिनेतामा समयको पीडा, समकालिकताको दंश मानवमनको विवृत्तिले एक आकार ग्रहण गर्दै गएको समय यी जोडीले नेपाल भारतका नेपालीलाई हँसाउनमात्र होइन ब्युँझाउन पनि काम प्रशस्त योगदान पुर्याए 
महका प्रायः प्रस्तुति मध्ये  'यमलोक' 'सूर्यग्रहण' विभिन्न कारणले  पंचायती दर्शनलाई धक्का दिन सफल भए भने त्यससमय यी जोडी सरकारी पाहुना भएर हनुमान ढोका पनि गए  रङ्गमंच बाहेक यिनको माध्यम क्यासेट, रेडियो, टीभी चलचित्र पनि बन्दै गयो चलचित्रमा 'कुमारी'बाट अभिनय सुरु गरेका हरिवंश आचार्यले मदनकृष्णसित पछि आएर 'बासुदेव' 'के घर के डेरा'बाट पुनः थालनी गरे चलचित्र 'सिँदूर'मा ज्योतिष भएर ख्याति कमाएका हरिवंश आचार्यले सिने अभिनयमा आफ्नो छुट्टै पहिचान 'जीवन रेखा'मा आएर प्राप्त भयो तर दुवैलाई चलचित्रले खासै प्रभाव पार्न सकेकोजस्तो देखिएन प्रख्यात अभिनेता जोन गिल्गुइडले भनेकाछन्-"मलाई सिनेमामा भन्दा रङ्गमंचमा अभिनय गर्दा मज्जा लाग्छ किनकि त्यहाँ जनताको पार्टीसिपेशन पाइन्छ " त्यही पार्टीसिपेशनमा मह रङ्गमंचमा व्यापक बन्दै गए सिनेमामा कम
तीस दशकको पूर्वाद्धमा गायकका रुपमा मंचस्थ हुन आएका मदनकृष्णको सङ्गतले पछि हरिवंश आचार्य पनि गायक भए यिनकै प्रभावमा यिनले पचासको दशकमा केही गीत पनि गाए चलचित्रका लागि एल्बमका लागि तर गायन यिनको 'कप अफ टी' बन्न सकेन गायन बाहेक यी जोडीले संस्था चलाउन संयोजक, पटकथा, लेखक, संवादकार, कथाकार, गीतकार आदिका भूमिका पनि निर्वाह गरे निर्देशकका रुपमा महले धेरै नयाँ कलाकारलाई मन्चमा पनि ल्याए सूर्यमाला शर्मा, मङ्गला प्रधान-अमात्य, किरण केसी, राजाराम पौडेल, प्रवेश मूल, प्रवेशमान शाक्य आदि
महले एक सचेत नागरिकको रुपमा २०४६ साल चैत्र गतेको कालोपट्टी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरे भने ६२/६३ को आन्दोलनमा पत्रकार नागरिक समाजको दबाबपछि यो जोडी ढिलै पनि सडकमा उत्रिए यसले यिनको राजनीति चेतना शक्तिको पहिचानलाई बलशाली बनायो नै त्यसबाहेक यसको पहिचानलाई परिवर्तित नेपालमा सुरक्षित राख्न सफल नै देखियो
महले नेपाली समाजमा सफलता संघर्ष स्थायित्वको सार्थक सङ्केत दिँदै आएको उदाहरण नेपाली समाजको पूँजी हो सांस्कृतिक संस्थानबाट नारायणगोपाल गुरुवाचार्यको महाप्रबन्धक कालमा  दसैँको मुखमा जागिर खोसिएका हरिवंश आचार्यले जीवनयापनको लागि राष्ट्र व्याँकमा समेत श्रेणीमा काम गर्नु पर्यो भने त्यो जागिरबाट पनि उनले असमयमै हात धुनु पर्यो   अध्ययनलाई बिचैमा रोकेर जीवनसंघर्षमा उत्रेका हरिवंशले मदनकृष्णको साथ पाएपछि सहजतापूर्वक आफ्नो यात्रा तय गरे भने कर्मचारी संचय  कोषकृषि सूचना शाखा हुँदै मह संचारसम्म पुगेका मदनकृष्णले पनि हरिवंशको साथ पाएपछि जीवनलाई सेफ ल्यान्डिङ्ग गरॆको भन्न मिल्छ
स्मरणीय कुरा के भने जसरी सामाजिक संचेतना भएका मदनले नेवार जातिको भइकन पनि ब्राम्हण परिवारको यशोदासित विवाह गर्ने क्रान्तिकारी चेतना ल्यायो त्यसरी नै ब्राम्हण परिवारमा जन्मेका हरिले नेवारमूलका मदनसित जोडी बनाएपछि नेवारभाषा सिकेर नेवारी नाटक 'किसी न्याइम्ह मदनमान' मा सफलतापूर्वक अभिनय गरेर एउटा सन्देश दिइदिए  यसको एउटा कारण के पनि हुन सक्छ भने महको जोडीमा सुरुमा साथ दिने प्रायः व्यक्ति नेवारमूलका थिए - विजय मल्ल, पद्मरत्न तुलाधर, दुर्गालाल श्रेष्ठ, नवीन चित्रकार, नगेन्द्र  हाडा, पुष्करलाल श्रेष्ठ, भृगुराम श्रेष्ठ, नारायणगोपाल गुरुवाचार्य आदि यो जोडीलाई सफल बनाउन असंख्य नेपालीको देन अवश्य तर फुटाउन पनि केही नेपालीले महत्वपूर्ण कदम खेलेका थिए विशाल बजारले आयोजना गरेको चलचित्र महोत्वसवमा प्रस्तुत गरेको प्रहशन 'ऐना' प्रस्तुत गर्दा झन्डै फुट्ने अवस्थामा पुगिसकेको थियो भने दोस्रोपटक 'तँ साह्रै नै बिग्रिस नि बद्रि' बाट पनि त्यो शीत सम्झौता देखिएको थियो तर दुवै अवस्थामा यिनको धैर्यता यिनका अग्रजको आशिर्वादले यिनलाई बचायो यसलाई नेपालको राजनीतिमा देखिने दलबदलु राजनीतिक छविले सिक्नुपर्ने पाठ यही हो यसरी यिनले आफ्नो स्थायित्व कायम राख्न सकेकोमा राजनीतिक पार्टीले कम सिके पनि धेरै सुनेको हुनुपर्छ
सफलता स्थायित्वपछि यो जोडीको रुपकथामा आएको दुइटा विवाद सदैव कायम रह्यो ६२-६३को जनआन्दोलनमा ढिलो उपस्थिति त्यस आन्दोलनको मध्यमा निर्वाह गरेको चन्दा संकलन जुन इतिहास बन्न पुग्यो भने एनेकपाको पाँचदिने बन्दमा बसन्तपुरको भेलामा यिनको  सम्बोधनले ल्याएको माओवादी भर्सेस सुकिलामुकिला शान्ति यात्रा जसपछि  माओवादी नेता दाहालले क्षमा शृङ्खलाको इतिहास बनाए
जनतालाई सडकमा उतार्न होस् वा भूकम्प बाढी पीडितलाई सहयोग गर्न महको योगदान महत्वपूर्ण मात्र नभइ अत्यावश्यक थियो तर यिनको प्रयोग कहिलेकाहिँ अनर्थमा पनि भएको मदनकृष्ण बताउँछन् नयाँ प्राद्योगिकरण प्रविधिसित साक्षात्करण  गर्न सक्ने यो जोडीले चलचित्र निर्देशन पनि गरेका छन् 'फिलिम' फिल्मजस्तो गुणगम्भिर विधामा एक चुनौतिका साथ आफ्नो नाउँको व्यापकताई खुम्च्याउन खोजेकोजस्तो देखिए पनि साठीवर्षे नेपाली फिल्म इतिहासले महलाई पनि ठूला पर्दाका दिग्दर्शकका रुपमा पाए
आफ्ना गुरु हरिहर शर्माबाट प्रशिक्षित हरिवंश आचार्यलाई हरिप्रसाद रिमालको नाटक 'मसान'मा पण्डितको भूमिकामा आफ्ना गुरु नगेन्द्र हाडाबाट प्रभावित मदनकृष्णलाई पनि हरिप्रसाद रिमालको 'क्रशमा टाँगिएको जिन्दगी'बाट नयाँ परिचय मिलेको थियो  यो एउटा दुवैको जिन्दगीको रमाइलो संयोग मान्न सकिन्छ
एउटा अर्को संयोग नै मान्नुपर्छ आज नेपाली रंगमंचको इतिहासमा यो अद्धितीय जोडीलाई हास्य व्यँग्य जगतको एउटा माननीय व्यक्तिको नाउँमा स्थापित पुरस्कारबाट सम्मानित गरिँदा नेपाली समाज फेरि एकपटक गौरवान्वित हुनपुगेको जय होस् सकल समाजको  

Comments

padam PSD Ghorsaine

sahitya lekhko website pauna garo paryo

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |