हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बाबासँग

विद्या सापकोटा, (हालः शंकरदेव कलेज, काठमाण्डौं)


झररररररर

झ्याउरे बलेसींमा  

टोलाउदै/कहालिदैं  

घोरिदैंछु म……

तिम्ले धुलौटोमा

कोरेर देखाएका  

जीवनका धर्साहरु  

केही बिर्संदै/केही सम्झदैं  

केही सम्झदैं/केही बिर्संदै ॥

 

आँखा चिम्लन्छु  

कान बज्छ  

कुलुलुलु………

तिम्ले सम्पुर्णता सिंचेर

बगाएको कुलेसो-'म'

हतास् आँखा उघार्छु

छर्लंगतिम्रा  

रोकिएका सपना

कुँजिएका फींजहरु 

 

मलाई हाँसो मनपर्छ

तिम्ले रुन सिकाएनौं   

म हार्न पाउँदिन

निराशा पढाएनौं   

खै  र ओइलाउने हक  

मेरो ज्योति भन्यौ घाम भन्यौ

भुलेर पनि चन्द्रमा भन्दै भनेनौ

 

स्नेह-फूल फुलाउँछ 

स्नेह-आगोको लाभा जन्माउँछ   

………………………

यहि 

एक विश्वास

एउटै आशक्ति

तिम्रो सृजनाको मांसपिण्ड

तिम्रो बालसम्पदा

तिम्रो संयम

तिम्रो अभिलाषाको गुराँस   

सगौरव-'तिम्री छोरी म'॥

 

Happy Father's Day  !!

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |