हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

तिम्रो पर्खाईमा

राम खत्री, (न्यृ्योर्क ।)

पखाईमा बसीरहेँ ढली गयो रात
थाकी गए आँखा मेरा हेर्दा हेर्दै रात ।

चन्द्र जस्तो मुहार तिम्रो कति राम्रो हात
तिमीसंग खेल्दा खेल्दै ढल्ने हो की रात ।

बित्नै लागे जवानी त कति पर्खी् बसुँ
प्रतिक्षाकै पलपलमा बित्ने हो की रात ।

पुग्यो अब माया तिम्रो गर्न देउ बात
फेरिफेरि मिलाउँला यस्तै मीठा रात ।

सम्झनाका रित्ता हात बाँकी रहे साथ
छाडि गयो बैगुनीले यस्तै कयौं रात । 


Comments

Sharad

मेरी बॉससै! क्याबात छ मीठो कविताको लागि| पढेर एक छिन ता मन नै  प्रसन्न भो|बुढेस कालमा पनि यस्ता राम्रा भावना आउंदा रहेछन | मलाई पनि लेखुं लेखुं लाग्यो|

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |