हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

भुपेन्द्र महत, (कोलोराडो)



आच्छु! नझडकाल भिज्या केस चिसो लाग्छ फेरि
अंग अंग उदाङगै छाडे मनले के के माग्छ फेरि

मन्द मुस्कान पोख्छ्यौ झन झन कर्के नजर हेरी
पापी हुन्छ भन्छन मन मन्मै के के पाक्छ फेरि

रुझेकी छ्यौ भिजेकी छ्यौ मादक चालमा नबढ अगि
थुमथुमाउ कसोरी म भित्रको पुरुष जाग्छ फेरि

छोए बात लाग्ने हेरे माद लाग्ने नलोभ्याउ तिमी
कोल्टे फेर्दा फेर्दै कल्पनामै मेरो निद भाग्छ फेरि

रुपशिल यसै राम्रो फिजाऊँछ्यौ कामुक हेराइ अझै
बहकिए भने कतै मनले त के के ताक्छ फेरि

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |