हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

जुलुस र आमा

श्याम तमोट, (भोजपुर)

"वीर सहिद अमर रहुन"

"प्रजातन्त्र अमर रहोस "

सहिद दिवसको दिन थियो । बाजागाजाको साथमा उर्लदो नारा लगाउँदै जुलुस अघि बढिरहेको थियो ।

कोठामा लुगा फेरिरहेकी आमाले यो आवाज सुनिन । आमा उनी सहिद जीवनकी आमा थिईन् । उनलाई समारोहमा जानु थियो । आयोजक समितिका सदस्यले बिहान भनेका थिए "आजको जुलुसमा आमा तपाई अघि लाग्नु पर्छ है "।

आमाले झ्यालबाट बाहिर हेरीन जुलुस टाढा थिएन । हत्तपत्त लुगा फेरी सकिन् । जुलुस आँगनैमा आईसकेको थियो ।

आमा हत्तार हत्तार माथिबाट ओर्लिन । उनको मनमा नजानिदो उत्साह उर्लिरहेको थियो । एक्लो छोराको हत्यामा आज शोक थिएन बरु गर्वले छाती फुलेको थियो ।

बच्चाहरु जुलुसमा मिलिसकेका थिए । आमा पनि ढोकाबाट निस्किईन् । अकस्मात उनको आँखा देव्रे हातमा सहिद जीवनको तस्वीर बोकेर दाहिने हात हावामा फ्याँक्दैं नारा लगाईरहेको चतुरमानमा पर्यो । चतुरमान उही चतुरमान थियो जसले जीवनलाई पक्राउन तीनपल्ट हतियार बन्द पुलिस ल्याई घरको कुना कुना खोजेको थियो । जीवनलाई शिक्षक पदबाट खोसाएको थियो । मरणासन्न पारेर चुटाएको थियो । उही चतुरमान जोडले नारा लगाउँदै थियो "वीर सहिद अमर रहुन"

आमालाई भाउन्न भयो । उनको अगाडि संसार फन्फनी घुम्न लाग्यो । मुटु मै वाण लागेको मृगिणी सरह आमा घुप्लुक्क ढलिन ।

"के भो ? के भो ?" मानिस झुम्मिए ।

आमालाई के भयो ? यो कुरा बुझ्ने मानिस सायद त्यहाँ विरलै  थिए ।

Comments

Sundar Joshi

स्यामजीको  गीत र कविताहरुमा  जस्तै यो छोटो कथामा पनि सिङ्गै देशको वर्तमान चित्रण भएको छ ! देश अहिले तिनै चतुरमान हरुको कब्जामा छ र सहिदहरुको  बलिदानको उपहासको नमुना नेपाल भन्दा अरु कुन देशमा देख्न पाइन्छ होला र ! बर्सौ पछि अनायास स्यामजी लाई खसखस डट कम मा पढ्न पाइयो,  एसले निरन्तरता लेओस भन्ने कामना सहित 
सुन्दर जोशी
वेस्ट पाल्म बीच, फ्लोरिडा       

Shanta pradhan

This is a live-history not only a just story. This is true and long live story too.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |