हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

वास्तविकता-२

शर्मिला खड्का (दाहाल), (इटहरी, सङ्गीत चोक)


'हाइ डियर !'
'हाइ !'

'तिमीसँग च्याट नगर्नु नै ठीक होला ।'

'किन ?'

'एकाएक हराउँछौ ।'

'हेर न अफिसको कामले  रिपोटिङ्ग गर्न दुर्गम जिल्लामा आउनु पर्यो । तिमीसँग च्याट गर्न नै पाइन ।'

'फोन गर्न सक्थ्यौ नि !'

'मोबाइलको नेर्टवर्क नै थिएन ।'

'भैगो भैगो बहाना बनाउँदै छौ ।'

'प्रमिस यार !'

'तिमीले  प्रेमको सानो मर्यादा नै बुझेका रहेनछौ ।'

'कस्तो मर्यादा ?'

'प्रेमीले त प्रेमिकालाई प्रत्येक दिन फोन गरेर प्रिये तिम्रो दिलको धडकन हाजिर छ पो भन्नुपर्छ ।'

'सरी यार नरिसाउन मेरो माया गर्छ्यौ हैन ?'

'तिमीलाई कति माया गर्छु गर्छु तिमी कल्पना पनि गर्न सक्दैनौ ।'

'थैङ्गस गड !'

'तिमी जस्तो हैन्डसम, छट्टुलाई कसले माया गर्दैन ?'

'तर.....!'

'तर के ?'

'तिम्रो विश्वास चाहिँ अझै गर्दिन । तिमीले पूरा अङ्क ल्याएका नै छैनौ ।'

'हैन यार, डेटिङ्गको कथा पनि पूरा भइसकेको छ । अब त विश्वास गर न यार ।'

'भो भो ।'

'हेर न मेरो शरीर पुरै दुखेको छ  पहाडको उकालो चढदाचढदा,  मेरो माया लाग्दैन । तिमी भए मेरो जीउ मिचिदिन्थ्यौ होला हैन ?'

'अहिले नै हुकुम चलाउन थाल्यौ ?'

'सरी बाबा सरी हामी हनिमून कहाँ जाने ?'

'हनिमुन रे ?'

'तिमीले मलाई पक्कै नोकर बनाएर राख्न बेर छैन । बरु भनन लिभिङ्ग  टुगेदर गर्ने नयाँ फैसन, नयाँ जमाना, सबै कुरा नयाँ ।'

'अनि बच्चा बच्ची नि त ?'

'ए बिहे हुनु कहिले कहिले बच्चा चाहिने अहिले ?'

'हेर न यार हामीले एउटा पुरै फुटबल टीम जन्माउनु पर्छ है । 'मलाई थोरैले पुग्दैन भन्दिया छु ।'

'वाफ रे ! भन अरू के के छ तिम्रो फरमाइस ?'

'वर्ल्डकपमा विजेता बनाउने,  नत्र भने नेपालको राजनीतिमा नया पार्टी, सबै मन्त्री हाम्रा छोराहरू ।'

'तिमीजस्तो पुरातनवादीसँग को बिहे गर्छ , अहिले जमानामा पनि छोरा भनेर रटन लगाइरहन्छौ । भो तिमीसँग त लब नगर्नु नै वेश ।'

' ! यार नरिसाउन साँच्चै तिमीलाई भगवानले औँसीको रातमा बनाएछन् कि क्या हो ।'

'तिमीलाई चाहिँ नेपाल बन्दमा - कहिले तिम्रो फोन बन्द कहिले च्याट बन्द...  अँ...हेर न अहिले एउटा फ्रैन्डस रिक्वेस्ट आएछ । एक्सेप्ट गरेको त कस्तो छाडा फोटोहरू रहेछन् ।'

'के भो हेरिराख न पछिलाई काम लाग्छ ।'

'यु छट्टु भो मलाई हेर्नु छैन ।'

'व्याभिचार, बदमाश फटाहा !'

'कसलाई गालि गरेको ?'

'यो फोटोको प्रोफाइल बनाउनेलाई । तिमीले हेर्यौ भने छक्क पर्र्छौ कस्तो हेर्न नसकिने अश्लील फोटाहरू ?'

'गारो भो , म आऊ ?'

'यु सिल्ली । तिमीलाई नभन्दै ठीक, केटाहरू सबै एउटै हुन् ।'

'कस्तो एउटै ?

'सेक्सको बारेमा ।'

'तिमीलाई थाहा छ ?'

'किन सोधेको ?'

'तिमी साँचो बोल्छौ कि झुटो भनेर !

'यु सिल्ली  ....भो तिमीसँग च्याट गर्नु छैन ! म गएँ ।

'सुन सुन !'

'अँ भन -'

'हेर न तिम्रो सम्झनाले भुतुक्क भा छु यार !'

'भो भो नाटक होला ।'

'अहिले च्याटबाट उडेर आउने भए आउने थिएँ । अहिले तिमीलाई भेटे भने कागती निचोरेको जस्तो निचोरेर खाने थिएँ ।'

'तिमीले कागती निचोरेजस्तो निचोर्दा म चाहिँ हेरिरहन्छु जस्तो लाग्छ कि क्या हो ?'

'ल भन के गर्र्छौ नि ?'

'तिमीलाई केराजस्तै बोक्रा ताछेर खाइदिन्छु ।'

'वाउ क्या स्ल्याङ्ग वर्ड आइ मिन पाल्सी कुरा आइ लाइक इट !'

'हामीलाई चाहिँ के कुरामा कम ठानेका छौ -?

'माइ ग्रेट दीडु....'

'ल ल अब म जान्छु है । धेरैबेर च्याटमा बसिरहे मम्मी रिसाउनु हुन्छ -'

'मम्मीलाई नचाइदेऊ न Û'

'कसरी ?'

'कुराले ।'

'तिमीजस्तो म हो र Û तिमी त मलाई कसरी नचाइरहेका छौ Û'

'हो साँच्चै ? औलामा नचाउ ? हातमा नचाउ ? पाखुरामा नचाऊ ? कि काखमा नचाऊ ?'

'छाडा, जति खेर पनि उही कुरा ......'

'कस्तो उही ....?'

'खाने, नचाउने, निचार्ने..'

'हेर यत्रो बेर फेसवुकमा तिमीले नचाइरहेकी छ्यौ यार , त्यसो नभन न आफ्नो लभरसँग यति कुरा गर्न नपाए के च्याट गर्नु - आखिर परीक्षामा पास भएर प्रमाणपत्र त पाइसकेको छु नि । कति मेहेनत गर्नु पर्यो तिम्रो परीक्षा पास गर्न । झन्डै झन्डै फेल भएको -'

'तर तिम्रो अझै मलाई विश्वास लाग्दैन ।'

'हेर म यहाँ कति छटपटिएको छु तिमीलाई के थाहा - यो पनि नेर्टवर्कले पनि बल्लबल्ल काम गरेको छ ।'

'ठीक पार्र्छौ ?'

'सत्य ।'

'अझै एक हप्ता छ यहाँ बस्न यार ।' 

'बस न बस । के भो र त्यहाँ छेउछाउमा जङ्गल होला । तिम्रो रुख चढने  साथी भेटिहालिन्छ नि Û पशुपतिको जङ्गलमा जस्तै'

'यार बवाल नगर न ।'

' तिम्रो बानी नि त ।'

'भो भो ल भन, मलाई कतिको सम्झन्छौ ?'

'तिमीलाई ? आफैलाई सोध्नुपर्छ ।' 

'सोधि हाल न ।'

'भो भन्दिनँ ।'

'किन ?'

'बाँदरलाई लिस्नो नलगाउनु भन्छन् नि त !'

'ओ माइ स्वीट ..'

'के स्वीट ?'

'स्वीट खान मन लाग्यो भनेको नि ।'

'छट्टु अब चाहिँ अलि अलि ठाउँमा आउन थाल्यौ ।'

'कस्तो ठाउँमा ?'

'प्रेमको कुरा गर्न थाल्यौ भनेको नि... कि फेरि...... अर्को कथाको प्लट सोच्दैछौ ?'

'हुन सक्छ  Û'

'....! तिमी फेरि कथा......?' ..

'होइन बाबा होइन ।'

'एउटा कुरा भनुँ ?

'के कुरा ?'

'अस्तिको डेटिङ्गको कथा क्या बबाल भयो नि यार ।'

'साच्चै हो ?'

'हो नि ।'

'केटीहरूले यति धेरै मेल गरे ,तिमीले देखेको भए इष्र्याले जल्थ्यौ ।'

'भो भो मेरो अगाडि अरू केटीको गफ नगर मलाई मन पर्दैन ।'

'बोर नगर न यार के हुन्छ कुरा गर्दा , एउटी त झन हुरुक्क भएकी ।'

'के रे हुरुक्क ? म जान्छु तिमीसँग च्याट गर्नु छैन ।'

'पख पख, ल गएर त हेर ?'

'साँच्चै -'

'हो नि यार प्याक प्याक पर्र्छौ अनि थाहा पाउँछौ ।  यो रोग नै यस्तो हो यार ।'

'दीपु भो तिमी मलाई कति तडपाउछौँ -'

'यो तडपनुमा त मजा छ यार ।'

'तर तिमी कति ठट्टा गर्र्छौ । वी सिरियस ओ के ।'

'ओ के बाबा ओके ।'

'हेर न जम्मा सातदिन मात्र छ तिमीसँग च्याट हुन त्यसपछि मम्मीलाई लिएर दिल्ली जानुछ,  चेकअपको लागि ।'

'ओ माइ गड, म आउन सातदिन अनि तिमी जान सातदिन, यो हिसाब मिलेन । तिमी हिसाब कमजोर रहेछौ । म सँग सिक यार ।'

'होइन टिकट फिक्स भइसक्यो ।'

'अनि तिमी च्याटमा आउँदैनौ ?'

'इमपोसिवल ।'

'यार अनि के गर्ने ?'

'म भन्न सक्दिनँ ।'

'तिमीसँग दिनमा एक पल्ट च्याट भएन भने त म मरिहाल्छु नि यार ।'

'नमर न यति चाडै ।  बरु म फोन गरौला ।'

'ल बाबा ल ।'

'दीपु हेर न तिमी खाली ठट्टा गर्र्छौ मलाई पिर लाग्छ पछि लव गरेको हैन तिमीसँग ठट्टा पो गरेको भन्छौ कि ।'

'जे भएपनि गरेको त हो नि ।'

'फेरि....... मम्मीसँग तिम्रो कुरा गरौ भनेको ।'

'मम्मीसँग मेरो ?'

'होइन क्या तिम्रो र मेरो कुरा ।'

'ओ स्योर ।'

'मलाई अझै तिम्रो विस्वास लागेको छैन । केटाहरू केटीको भावनासँग खेल्छन् फेरि नयाँ नयाँ टेस्ट फेर्दै हिँड्छन् ।

'केटीहरूले पनि धोका दिन्छन् नि ।'

'तर केटाहरूले जस्तो होइन ।'

-नेर्टवर्क टुट्छ )

 

धेरै दिन पछि

'हाइ दीडु !'

'हाइ !'

'यार तिमी कहाँ हरायौ -'

'म हराएँ कि तिमी ?'

'हो दुवै !'

'मलाई माफ गर यार !'

'धेरै ढिला भयो दीपु, मैले तिमीलाई विश्वास गरेर ठूलो भूल गरेँ !'

'आइ एम सो सरी यार !'

'तिमीले सुरुमा भनेका थियौ नि टेस्ट फेर्न मन लाग्छ । हो तिमी नयाँनयाँ टेस्ट फेर्न रुचाउँदो रहेछौँ । मैले तिमीलाई चिन्न सकिनँ ।'

'फेरि पनि मलाई माफ गर । म अहिले पछुताइ रहेको छु । तिमीलाई धोखा दिएर । वास्तवमा सुरुका दिनमा म तिमीलाई प्रेम गर्दिनथे । मात्र कुनै कथाको प्लट जन्मन्छ कि भनेर च्याट गर्थै र टाइम पास्ट गर्थे । तर अहिले रियली म तिमीलाई प्रेम गर्न थालेको छु ।'

'अँ.. भन्दै जाऊ आफ्ना कुरा म सुन्छु । अनि पत्रिकामा निस्केको तिम्रो सेक्सुअल हेरेसमेन्टको इस्यु के भयो नि !'

'हो दीपा, म दुखी छु तिमी दिल्ली भएपछि कन्ट्याक्ट हुन सकेन । एउटीले मलाई मरिहत्ते हालेर च्याटमा बोलाएको बोलाइ गरी...'

'अनि.......?'

'अनि ऊसँग ठट्टा गर्दै यस्तै च्याट गर्न थाले । पछि थाहा भयो ऊ त मेरै अफिस कि रहिछ र मलाई फसाउन यो सब गरेकी रहिछ | अहिले मेरो केस अदालत गएको छ । आइ एम सो स्याड दीपा...!'

'भैगो तिमीले मेरो भावनामा यति ठूलो खेलवाड गर्यौ, म सोच्थेँ तिमी मलाई यति धेरै माया गर्छ्यौ र यति धेरै प्रणय संवादहरू गर्दैछौ, म तिम्रै शब्दहरूमा हराउने गर्दथे । तर .....!'

'तर के..?'

'तर जब तिम्रो सेक्सुअल हेरेसमेन्टको इस्यु पत्रिकामा छापियो । म टुक्रिए । तिमीप्रतिको मेरो प्रेम जलेर खरानी भयो ।'

'आइएम सो सरी यार !'

'साँच्चै भनुँ, तिमीसँगको संगतले मैले धेरै कुरा सिकेको छु । पहिलो कुरा त म डिजिटल प्रेमलाई कहिले विश्वास गर्दिन जुन तिमीसँग कायम भएको थियो । '

' तिम्रो पनि त गल्ती छ नि यार । दिल्ली गएर फोन गर्छु भन्यौ तर गरेनौ । '

'त्यो त मेरो बाध्यता थियो मैले चाहेर नगरेको होइन ।'

'तर पनि दीपा मलाई अन्तिम पटक माफ गरिदेउ । मलाई जे सजाय दिन्छौ दिनसक्छौ ।

'धेरै ढीला भयो दीपु, अब म रिर्जभ भइसकेँ । मलाई माफ गर । कुनै नयाँ टेस्ट लिन सक्छौ मेरो बदला ।'

'दि....पा..!'

सम्पर्क टुट्छ ।

 

 

 

 

 

Comments

Keshu Birahi

Bastabika bisayabastuma adharit . samasandharbik chha. Prabidhi ko misuj  prasta jhalkinchha, . yasta kathaa lekhnama dijju khapis hunuhunchha. sundar kathako lagi dhanyabad hajur lai. 

Dilip Khadka

Sarmila g pahilo choti katha read garn paunda dherai khusi lagyo. katha man paryo and aru pani bhayedekhi padhna paye hunthyo .thank you.

शर्मिला

मनिता जी   धन्यवाद छ , यो वास्तविक कथा होइऩ । यो कथाको तेस्रो भाग हो । पहिलो र दोस्रो वास्तविकता र वास्तविकता 1 शीर्षकमा  यही वेवको  कथा स्तम्भमा छ । 

manita

कथा मलाइ एकदम मन पर्यो तर अपुरो भयो | त्यसकारण पुरा भए अझ राम्रो हुने थियो | कथा वास्तविक जस्तो छ | 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |