हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गीत

बसन्त श्रेष्ठ, (भर्जिनिया)

 
धेरै धेरै अँध्यारोमा हिंडी रहें
उज्यालो खोज्न म कहाँ जाउँ
सँधै सँधै  दुखमा बाँचि रहें
सुख खोज्न म कहाँ जाउँ |

भन्छन मरे पछि सुख पाइन्छ
मृत्यु पछिको जीवन कसले देखेको छ र
भन्छन जीवन काँडा बिच फुल्ने फूल हो
थाहा छ त्यसरी फुल्नु कति कठिन छ ?

धेरै...धेरै.....

भन्छन जीवन एक नाटक हो

कसले भन्न सक्छ दुखान्त वा सुखान्त हो
म भन्छु जिन्दगी एक नशा हो
थाहा छ जन्मे पछि मृत्यु कति कठिन छ ?

धेरै धेरै अँध्यारोमा हिंडी रहें
उज्यालो खोज्न म कहाँ जाउँ
सँधै सँधै  दुखमा बाँचि रहें
सुख खोज्न म कहाँ जाउँ |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |