हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

खडेरीको पानी

ॠषि राम अर्याल, (गागल फेदी-२, काठमाडौं)

पानी पानीको देश
पानीको लागि सपना देख्छ
र, नटुट्दै सपना हरु
अभावका घैला च्यापेर
कथित पानीको खोजाइमा
लम्कन्छ मेलम्चितिर
आशै आशका पाइला
खडेरीको पानी बोकेर
नचढ्दै सपनाका सिँढिहरु
नपुग्दै निश्चित गन्तब्य
फुटिसकेका हुन्छन पानीका घैलाहरु
कथित मृगतृष्णा मेलम्चिका
सपनासंगै बिलाएर जान्छन
फगत पानीको फोका झै
बस्तिहरु पानीको सतहमाथि
पानी खोज्नुको अर्थमा
तरलपानी र सरल पानीको जीबन
ठोस् पानीमा अनुवाद भै
खडेरी भरी पानी बोक्छन सपनामा
बर्षा भरी पानी फाल्छन बिपनामा
बगेर छताछुल्ल खडेरीको पानीले
बस्ती बगाएको कतै सपना त होइन ?
खोलाको तीरमा रहेका घरहरु
कागले ओसारे झै ब्यस्त छन पानी ओसार्न
जीबनका धेरै दिन
शायद यसैगरी बिते होलान
पानी पानीको कथा गाएर
पानी पानीको ब्यथा पिएर
भो अब कुरा नगर !
मन मरिसकेको छ अभाबले
मन तर्सिसकेको छ आतंकले
सँघर्ष गर्दागर्दै जीबन
इतिबृति भईसकेको छ
खडेरीको पानीले ।

rishiaryal@hotmail.com

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |