हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

शुभकामना

आनन्दप्रसाद शर्मा, (हाल: वाशिंगटन डि.सी)


हातमा लक्ष्मीको वास मुखमा सरस्वतीको ।

गाथमा सर्वदासाथ माता दुर्गा भवानीको ॥

 

जीउमा साच सुविस्ता मनमा शान्ति चैन होस् ।

शोक सन्ताप चिन्ताको छायाछर्को हुदै नहोस् ॥

 

शत्रुको शक्ति सामर्थ्य बुद्धि होस पराजित ।

हार स्विकारी पाउमा पर्न आउन् निरन्तर 

 

मित्रको एकता शक्ति बाहु बुद्धि पराक्रम ।

वृद्धि यो दिनमा दुई रातमा होस चौ गुणा ॥

 

नलागोस् ठेश खुट्टामा घाउचोट शरीरमा ।

नझरोस नुहाउदा कोरदा केश भुइमा ॥

 

सन्तान दरसन्तान सुखी सम्पन्न शिक्षित ।

धर्तीका श्रोतले धान्ने होउन 'अधिक वर्जित'  

 

यस ऐश्वर्य आरोग्य विद्या बुद्धि कला धन ।

क्षमता योग्यता आदि वृद्धि होउन दिन दिन ॥

 

मान सम्मान दायित्व क्षमता अनुसारको ।

प्राप्त होस् काम कर्तब्य गर्नु सोही हिसाबको ॥

 

फैलियोस् नाम सत्कर्म धर्तीको परिधि भरी ।

चन्द्रसूर्य र ताराको ज्योति कान्ति गएसरी ॥

 

जवानी फूलको जस्तो सदावहार यौवन ।

चाहना अरुले राखुन् सरी त्यो पुष्प वासना ॥

 

वुद्ध झै शान्ति सन्देश शीतल वर पिपल ।

छरी कल्याणका कार्य गर्नु नित्य निरन्तर ॥

 

राम झैं शासन गर्नु वुद्ध झै ज्ञान आर्जन ।

प्रतिज्ञा भीष्मको जस्तो भगीरथ परिश्रम ॥

 

उज्यालो घामले जस्तै शीतल सरी जूनले ।

छरी युगान्त युगान्त जीवन्त वन्नु नामले ॥

 

अरुको भावना वुझ्ने क्षमता होस चाहना ।

वुद्धि विवेक सद्भाव सवै गुण टनाटन ॥

 

एकता मौरीको जस्तो क्षमता प्राण वायूको ।

मित्रता साथीभाईको दीगो जीवन्त आयुको ॥

 

परोपकार उद्दार गर्नु  दुखी गरिवको ।

ब्यवस्था छैन जो जस्को गांस वास कपासको ॥

 

घृणा त्यो पाप हो भारी भेदभाव अपराध हो ।

भेदभाव घृणा त्यागी पुज्नु पवित्र कर्म यो ॥

 

सेवा चाकर त्यो गर्नु रोगी अशक्त वृद्धको ।

यही नै पुन्य कार्य हो यही महान धर्म हो ॥

 

आगामी दिनमा होस उन्नति प्रगति शुख ।

सुस्वास्थ्य दीर्घ आयू होस् सौभाग्य धन दौलत ॥

 

कार्य सम्पूर्ण सिद्ध होस् पूर्ण होस् मनकामना ।

शुभेच्छा यही नै मेरो यही नै शुभ कामना ॥

Comments

dilli poudel

rhidayasparsii kabita pls keep it up

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |