हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

दशैँ कविता

सहदेव पौडेल, (न्यु योर्क)


सुक्यो होला हिलो मैलो ,
झुल्यो होला धान बाली ,
बाटो हेर्दै बसीन उनी ….आउलान भनी यसपाली

बज्यो होला मंगल धुन ,
नाच्यो होला तारा जून
जाने छु म आर्को साल ……. आमा बा को पाऊ छुन

गाडे होलान लिंगे पिंग ,
थापे होलान लंगूर बुर्जा
रसायो होला आँखा उनको …..बाटो हेरी कुर्दा कुर्दा

मुछे होलान रातो टिका ,’
सिउरे होलान सयपत्री जमरा
मनमा मेरो नेपाल छ …….आंखामा आफ्नाको तस्बीर

सुक्यो होला हिलो मैलो
झुल्यो होला धानबालि
परदेशमा छौ हामी निधार नहोस हाम्रो खाली
यसपाली त यस्तै भयो जाउला नि नेपाल आर्को पाली
हिंशा रहित दशैं मनाऔ ……. संसार भरी हामी नेपाली

Comments

Tanka

sarai ramro lagyo

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |