हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

भुपेन्द्र महत, (कोलोराडो)


सुकेका पेट, दुखेका मनमा, खुशी बोकेर आउ दशै
चन्ड मुन्डको झुन्ड धेरै भो ,लात ठोकेर आउ दशै

कौरवको बिगबिगी धेरै हुँदैछ, अर्को कुरुक्षत्र रच्न
कपटी सकुनिको जाली पासा, रोकेर आउ दशै

घिच्नेहरुले थिच्न छाडेनन, निर्धा घाँटिहरु यहाँ
दुर्गा कालीको जस्तै, अग्नी ज्वाला पोखेर आउ दशै

मान्छे मान्छेको हुलमा, मान्छे भेटिदैन अचेल यहाँ
युग बदल्ने एउटा सच्चा मान्छे खोजेर आउ दशै

जात नेपाली, मन नेपाली, पन नेपाली, धर्म नेपाली
एकै सन्तान, एकै घर, सदभाव रोपेर आउ दशै

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |