हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

दशै हो कि दशा !

केशु बिरही, ()


"वुवा मलाई एक जोडी टि सर्ट र पेन्ट त नभै हुँदै हुँदैन । मैले त भन्दिएको छु नि ।" माईली छोरीले दशैको डिमाण्ड
तेर्स्याइन  

"मलाई त टि सर्ट र पैण्टले मात्र पुग्दैन । त्यसमा मिल्ने एक जोडी स्याण्डल पनि चाहिन्छ ।" ठूली कान्छीको यो डिमाण्ड हो यो ।  

"कान्छी छोरीको डिमाण्ड भने लुगा फाटा तिर नभएर दशैमा खसी ल्याउने तर्फ केन्द्रित थियो । उनी भन्दै थिइन – "मामु वावालाई स पटक त खसी ल्याउनु पर्छ भन्नुहोस् है । पल्लाघरमा त अस्ति नै कति ठूलो खसी ल्याई सके । दशैमा मार हान्ने अरे । हामी पनि मार हान्नु पर्छ ।"

"हो त्यो दशैमा मार त हान्नै पर्छ नत्र त दशै आए जस्तै हुँदो रहेनछ । पोहोरसाल मार नहान्दा दशै आए झैं लागेन ।" ठूली कान्छीले सानी बहिनीको कुरामा सहमती जनाई ।  

"मासु त अरुकहाँबाट ल्याएर खाए पनि हुन्छ तर लुगाफाटा चाँही ल्याउनै पर्छ । नत्र म त टिकै लगाउँदिन बरु त ।" भित्रैबाट कान्छो चिच्यायो ।  

"तलाई खाली लुगा मात्रै अस्ति मात्र आमाले सर्ट पैण्ट ल्याइदिएको होइन ।" ठूली कान्छीले भाइको कुरामा असहमतीको पोको फुकाई ।    

अरुको भन्दा जेठो छोरा विजयको डिमाण्ड पनि कमको थिएन । उसले गत साल देखि नै आमालाई डिङ्गो जुत्ता चाहियो भनेर पिरोलिरहेको थियो । यसपाली भने जसरी भए पनि त्यो डिमाण्ड पूरा गराउने सुरमा थियो जेठो । साथीहरुको अघि उसलाई मुख देखाउन नै नहुने भएको थियो । हाट वजार जाँदा होस या अन्यत्र कतै जाँदा होस ऊ डिङ्गोको अभावमा आफूलाई होचो भएको महसुस गर्दथ्यो । कहिलेकही त डिङ्गोको अभावले होला कही कतै जान पनि अल्छिी गर्दथ्यो । तर साथीभाइलाई भने अरु नै बहाना वनाउँथ्यो । जुत्ता नभएर नगएको भन्दैनथ्यो । उसका साथीहरुले लगाउने गरेका कपडाहरुको त भनेरै साध्य थिएनन । खै के के हुन के के हुन । थरी थरीका थिए । केहीसंग त हिरो हण्डा वाइक पनि थिए । उसले भने जावो एकजोडी डिङ्गो त हाल्न नसकिरहेको अवस्थाामा हिरोहण्डा हाल्न सक्ने त कुरै थिएन । तर जसरी भए पनि जे गरेर भए पनि उसले यसपाली त्यो डिमाण्ड भने पुरा गराउनु थियो ।  

श्रीमती सुधाको डिमाण्ड पनि उतिकै चर्को थियो । "सुन्नुहोस है प्रभाका वावा मैले भन्दिएकी छु नि । यतिका साल पछि जुवाई आउने । दशै त राम्रै गरी मान्नु पर्छ है । कुटुम्बको ईज्जत पनि त राख्नै पर्यो । रिनपान गरेरै भए पनि एउटा खसी त ल्याउनै पर्छ । केटा केटी पनि अस्ति देखि नै खसी खसी भनिरहेका छन । खसी पनि ठूलै चाहिन्छ । पाहुना पासा पनि थुप्रै आउलान् । भान्जा भान्जीहरु छन । कान्छी नानीका छोरीहरु पनि यसपाली त मामल गइन्छ दशैमा, मामल नगएको पनि धेरै भयो भन्दै थिए अरे । ठूल्दिदीका सन्तानै आउँछन नजिकै छन ।"  

सवैका डिमाण्ड सुनेर प्रभाकर लखतरान पर्छन । एउटा सानो जागीर । खाने मुख त्यति धेरै । जावो माष्टरी जागीर त्यसमा पनि निमाबीको कति नै हुन्छ र ! जागीरले त महिना मर्नै भ्याउँदैन । कहिलेकही त पछिल्लो महिनाको तलव पनि अघिल्लै महिनामै सिद्धिन्थ्यो । झन यसपाली त सरकार वन्न सकेकै थिएन । सरकार वन्न नसक्दा आन्तरिक खिचातानीले गर्दा वजेट नआउँदा दशै पेस्की त परै जाओस तलवै पनि पाउने अवस्था थिएन । उनी असमन्जसमा पर्दै सोच्न थाल्छन यो दशै होकि दशा हो भन्दै ।  

Comments

puspa raj giri

कथा मिठै हो, नौलो चाई होइन | रचना गर्ने लाइ खै कसरी मिठो छैन भनु र है ? प्रभाकर, बिचरा ! कति कम्जोर भूमिकाका शिक्षक रहेछन, दया लागेर आयो | आफ्नो आम्दानी  यति हुन्छ, यसरी घर, चाडपर्व  चलाउनु पर्छ भनेर  छोरा छोरीको त के कुरा आफ्नै श्रीमती ज्युलाइ पनि आफ्नो औकात पढाउन नसक्ने शिक्षकले कसरी पढाए होलान बिद्यार्थीलाइ | यस्तै शिक्षकले पढाएका थिए होलान हाम्रा नेता ज्यु हरुलाई है बिरही ज्यु ?

केशु बिरही

वडादशै एवम् दिपावलीको सुभउपलक्षमा सवैमा हार्दिक सुभकामना व्यक्त गर्दछु । प्रतिकृया जनाउनुहुने सवैमा धन्यवाद । साथै संधै प्रतिकृयाको आसामा रहनेछु ।  तर प्रतिकृया दिँदा मिल्छ भने पुरा नाम र ठेगाना पनि लेखिदिनु होला । 
धन्यवाद ।  
केशु बिरही 

madhav

ekdamai dherai raamro rahecha,
i like, inserting the bitter reality of the society
thats the nice part of the story...

DIPA

thank you birhi G. uko pratibha ramro lagyo. HAPPY BIJAYA DASAMI. + SUBHAKAMNA 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |