समालोचना
विद्या सापकोटा, (हालः शंकरदेव कलेज, काठमाण्डौं)
जीवनले स्वर्णजयन्त्ती
मनाउन लाग्दा
फनफनाए आँखा र मनहरु
सोच्दै, खोज्दैं
खोज्दै, सोच्दैं
सजिवता-जिउनुको
सार्थकता-जीवनको ॥
धेरै देखी उसले
राता सेता हरिया पहेला
काला नीला …………।
फूलका/पातका/जीवनका
रङ्गहरु/शहरहरु/प्रभावहरु ………।
पल्टाइरही सट्सट्सट्…।
रंगिनताको लेप धसेर
उमेरगत परिशिष्टाँकहरु ॥
एक समय फूल हाँस्यो
उसकै गालाको लालीमा
बारबार ऊ हाँसी
आफ्नै निम्ति आफैं
पर्सिएको स्विकारोक्तिमा
अब हाँसो नै हास्न लाग्यॊ
निथ्रदो जोवन/प्रकोपको गन्धमा ॥
फूसफूसाए अनायासै
भग्नताका बाष्पिकरण
के सोची, के भयो
ऊ त
चाहन्थी बगाउन
चेतनाको नदी
अन्धकार ब्याप्त बस्तिका किनारहरुमा,
चाहन्थी उराल्न
विवेकको बाढी
संवेदनहीन मनका बगरहरुमा,
त्यसैले
चाहन्थी जन्माउन
लेनिन बुद्ध र टेरेसाहरु ……।
अस्मिता तौलिने बेरुजू नगरहरुमा ॥
तर अपशोच !
त्यो युगिन आगमन
ओझेल परिसकेथ्यो गर्भपातको खोल्सीमा
…………………………॥
बाँचिरहेकी ऊ
जिन्दगीको सुस्केरा नपुसंक शहरमा ॥
Comments
Baraliyako Nirolo
With warm wishes This just comes to say that i hope you are wining everday day with each लेनिन बुद्ध र टेरेसाहरु ……।