हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

असफल गौतम, (स्याङ्गजा)

सिमानाका रेखाहरु लुक्दा मन रुन्छ
स्वाभिमानको चोट मुटु दुख्दा मन रुन्छ

कतै अन्न छैन, कतै व्हिस्की ब्राण्डी नाच्छ
खडेरीले किसानको खेत सुक्दा मन रुन्छ

भिमसेन पोखराको मर्म कसले
बुझ्यो
त्यसैले
माछापुच्छे लाजले झुक्दा मन रुन्छ

बन्द हडताल चक्का जामको कत्रो सान
उपज मुखमा दुनियाले थुक्दा मन रुन्छ

सिकिस्त छ सरकार नियम कानुन
हेर आधा देश पराई हुन पुग्दा मन रुन्छ

Comments

Surajan

राम्रो र नेपालमा जल्दोबल्दो स्थितिलाई सरल ढंगमा प्रष्फुटन गरिएको छ । साथमा राष्ट्रियता झल्किएको छ । नेपाल र पोखरालाई चिनाउनुका साथै भीमसेनलाई सम्झिएको छ । सबै राम्रो भए तापनि यसको गजलकार केही रचनामा केही ध्यान पुर् याउनु पर्ने देखिएको छ ।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |