हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

देशप्रेम जाँच्ने कसी

अमृता लम्साल, (टेक्सस)

"हामी यहाँ विदेशमा भएपनि आफ्नो पेशागत कामको समय बाहेक हामीले नेपालकै बारेमा सोच्ने गरेका हुन्छौं | तर नेपालमा बस्नेहरुले त्यही समयमा कसरी र कहिले कुन उपायबाट कुन विदेशमा उडुं भन्ने सोचिरहेको हुन्छ | को भयो देशप्रेमी?"  यी हरफहरु एकजना साथिसँग ईमेलमा भएको वार्ताबाट सापटी लिएकी हुँ| यो नेपाली छोरीलाई दोश्रो वाक्यको बारेमा हश गर्नु छैन; किनकि, यो नीलो आकाश मुनी र हरियो धर्तीमाथि जीवन यापन गर्न चाहनेहरुको आ-आफ्नै कथा हुन्छन, आ-आफ्नै व्यथा हुन्छन| तर पहिलो वाक्यमा भने शतप्रतिशत सहमत हुँदै आफ्ना औँलाहरु चलाउँदैछु|
"देशभक्ती त मर्दैन
, चुत्थै देश भएपनि" मुकुन्द-इन्दिरा नामक नाटक रच्दा स्वर्गीय बालकृष्ण समलाई यस्ता विचारहरु किन फुरे होलान? उनी त देश छाडेर हिँडेका पनि थिएनन! तर सोच्दै जाँदा लाग्छ, हिले विदेशमा बस्नेहरुलाई स्वदेशमा बस्ने भाग्यमानीले खेद्दा ती विदेशवासीहरुको मनले जसरी आर्तनाद गर्छ, त्यसै गरी "राणाखलक" लाई खेदेको समयमा समको मन पनि चहर्‍याएको होला अनी | त्यस्तो सिर्जना फुरेको होला!

जे होस
, विदेशमा बस्नेहरुले जहिले पनि "देशभक्ति"को प्रमाण पेश गर्नु परिरहेको हुन्छ, चाहे बदलामा उनिहरुले केही खोजेको नहोस! सिवाय, आफूलाई "नेपाली हुँ" भनेर  गर्व गर्न पाउने अधिकार या "यसो गर्दा देशलाई राम्रो हुन्थ्यो कि, वा ठिक हुन्थ्यो की" भन्ने बिचार बाहेक! तर पनि स्वदेशवाशीहरु बाबुले जन्माएको "ठिमाहा छोरा"लाई अँश दिनुपर्ला भनेर निहुँ खोजे झैं समय समयमा जोरी खोज्छन!
हुनत
, गहिरीँदै जाने हो भने देशभित्र बस्नेहरुले नै एकले अर्कालाई कहाँ सहेका छन् र! त्यहाँ पनि केबल "नेपाली" भएर बाँच्न पाउने अधिकार धेरै अगाडी खोसिइसक्यो; उमेर नपुग्दै एक बालक या बालिकाको अनुहारबाट बालापन खोसिएजस्तै!
हिले त यस्ता कुराहरु उठायो भने जातिभेदको आरोप पनि लाग्ला | तर "जातिभेद"को समर्थक यो पँक्तिकार हिल्यै पनि थिइन र छैन; तर नेपालमै बस्ने नेपालीहरु पनि एउटै जात भएर पनि हिले पहिलेको बाहुनको परिवारका सदस्यहरुले आफ्नै परिवारलाई "उपाध्याए"(चाहे जतिसुकै उपद्रो गर्न नभ्याएका किन नहुन!) र जैसी; खस र खच्चड" के के भनेर खसाल्ने र होच्याउने गरेजस्तै एकले अर्कालाई खसाल्न र होच्याउन नै त खप्पिस छन!
अझै
स्पष्ट रुपमा भन्नुपर्दा उहिलेका राणाहरुले आफूले बग्रेल्ती जन्माएका सन्तानहरुलाई थिचेर र मिचेर राख्न रोलक्रममा " क्लास, बी क्लास, सी क्लास" आदि आदि भनेर दर्जा गरे जस्तै!
हिले स्वदेशभित्रै बस्नेहरु पनि खाँटी नेपाली या खाँटि देशप्रेमी हुन सक्तैनन! यो आरोप लगाएको होईन! देखेको, सुनेको र भोगेको आधारमा निर्क्यौल निकालेको|
यदि होईन भने
, त्यहाँ किन नेपाली मर्दैन? किन नेपाली काँग्रेस, नेकपा एमाले, नेकपाएमाओवादी, रा.प्र.पा. मात्रै  मर्छ?  किन एक नेपालीले मात्रै देश बिकाशको कुरा गर्दैन? किन एक नेपालीको पछाडी बिशेषण लागेकै हुनुपर्छ देशलाई मायाँ गर्छु भन्न? या देशको हितमा यति बोल्छु भन्न? त्यसैले भनेको "जैसि, खस या खच्चड" बन्न वा "ए क्लास, बी क्लास या सी क्लास"मा दरिन कमै नेपाली मात्र बाँकी होलान! फरक यत्ति हो कि, विदेशमा बस्नेहरुको सातो खानु पर्‍यो भने अंश दिनुपर्ला भनेर सर्बोच्च अदालतमा आफ्नो पक्षमा मुद्दा जिताउन बग्रेल्ती वकीलहरु अगाडी लगाएर बहश गर्न गएझैँ गरी सबै एक जुट हुन्छन
|
देशवा
सी सबैलाई थाहा , विदेशीले पोसेनन भने सरकार नचल्ला, कर्मचारीको तलव रोकिएला, गाँउघरमा नून देखि सुनसम्म नपुग्ला, धारामा पानीको थोपो नचुहिएला,घर घरमा बिजुली मैया नआउलिन् तर पनि के भएर हो थाहा छैन विदेशमा बस्नेहरुलाई उनिहरुकै बावुले जन्माएको "ठीम्याहा छोरा छोरी" लाई जस्तै देखि सहँदैनन!

वि
देशमा कामदार पठाउने एजेन्सीले निकालेको बिज्ञापन सुन्ने बित्तिकै होस या परराष्ट्र मन्त्रालयको पासपोर्ट बाँड्ने शाखाले कार्यालयको निमित कामको लागि ढोका उघार्दा होस, विदेश हुत्तिन खोज्नेहरुको भीड बग्रेल्ती पाईन्छ | तर विदेशमा बस्ने नेपालीले स्वदेशको कुरा उठाउन् त गालीको बर्षा बर्षाउन अरिंगालको गोलो खनिएझैँ खनिन्छन; आखीर कसले के खाईदिएको रैछ हो? कसैले मन बुझाईदिने गरि व्याख्या गरिदिन सक्ला?
कहाँको मात्रै प्रसँग उठाउने
गाउँ घरमा पुगेको अधिकाँश टेलिभिजन र मोबाईल फोनसम्म रेमिट्यान्सको पैसाले किनिएको छ, कतिपय गाउँका कुना र कन्दराकावासीहरु समेत कसले प्रोजेक्ट ल्याउला र खाउँला(बिकास हुने र गर्ने कुरालाई हिले कागजकै पन्नामा थाती राखौँ) भनेर मुख बाउँदै बसेका हुन्छन| तर उनिहरु समेत जो विदेशमा हाड र मासु खियाएर, कुनै बाल श्रमिकको पसीना नचुसिकन, दास र मालिकको प्रथालाई अन्त्य गर्दै आफ्ना जिविका धानिरहेका हुन्छन उनीहरुलाई नै खेद्न कुद्छन!
;
उनीहरु यो किन स्विकार्न चाहँदैन
न् कि, त्यो कसैको आशिर्वाद वा कुनै राजनैतिक दलले काखी च्यापेर पुर्‍याएको निर्दिष्ट स्थान होईन; न त त्यहाँ पुगेका नेपालीलाई आफ्नो छाक काटेर वा पसीनाले कमाएको रकमबाट कर तिरेर पाल्नु परेको छ! तर त्यति हुँदा पनि जव नेपालभित्र बस्ने र बाहिर बस्नेको प्रसँग आउंछ वा कहीलेकाँही बिना प्रसँगमै पनि साउनको उर्लंदो भेलले आफ्नो पेट भर्न सडक नापिरहेको बटुवालाई एकैपटक आफ्नो ऋतु अनुसार उब्जने तुजुकको अहँमा डुवाएर लाशै बेपत्ता पारिदिएजस्तै गर्छन!

आखीर किन त्य
तिबिन आक्रोश? के बिदेशमा बस्नेहरुले स्वदेशवासीहरुको भाग खोसेर खान खोजेका छन र? के तिमीहरुको सम्पत्तिमा हाम्रो पनि अंश लगाउ भनेका छन र? बरु परेको बेला र आफूले सकेको बेला मद्दत नै गर्न तयार छन, चाहे त्यो नैतिक दवावको नाममा सरकारलाई दिनुपर्दा होस या आर्थिक सहयोगको लागि एक एक पैसा जम्मा गर्दा होस! तर त्यो समयमा भने "त्यो उनीहरुको दायित्व हो र त्यो गर्नै पर्छ" भन्ने जस्तो मनस्थिती देखाउंछन! किन समाज या ब्यक्ति यति धेरै मतलवी हुन खोज्छ ?अनि हुन पनि सक्छ? यि र यस्ता प्रश्नहरुले मनलाई छताछुल्ल बनाईदिन्छ र छुच्याईँकासाथ कलम चलाउन वाध्य बनाउंछ|
अन्त्यमा
, नखाएको विष नलाग्नेहरुले पटक्कै नमीठो नमान्नु होला, के गर्ने मनको बह कहिलेकाँही नपोखे त मानसिक डाक्टरकहाँ धाउनुपर्ला भन्ने डर! त्यसैले पोखिदिइहालेको!

यही लेखबाट स्वदेशी "देशप्रेमी" हरुलाई आव्हान पनि गर्दछु
, आउनुहोस, देशप्रेम जाँच्ने कुनै कसी फेला पर्नु भएको छ भने जाँचौ कसको रगतमा कति देशप्रेम घुलिएको रहेछ!

 

 

Comments

Basu

अमृताजी,
आफुसँग जे छ त्यसको महत्व नबुझ्नु र त्यहि वस्तु हातबाट गुमेपछि या टाढा भएपछि त्यसैको चाहना राख्नु या चाहनु शायद मानिसको विशेषता हो क्यारे ! नभए हामीपनि कुनै दिन देशमा नै थियौं | आज यता छौं | अनि देशको माया गर्छौं | त्यसै गरि शायद हामीले देशको बारेमा बोल्दा आज मन नपराउनेहरुले मौका पाउने बित्तिकै भोलि विदेश हान्निएपछि हामीले जस्तै देशको बारेमा सोच्नेछन् | अनि यसैगरि देशमा हुनेहरुले फेरी ति विदेशीएकाहरुप्रति आक्रोश पोख्नेछन् | तात्पर्य, देशमा बस्नेहरुको विदेशिनेहरुप्रतिको एक प्रकारको आह्रिसेपन हो यो | तर वास्तवमा दोष तिनकोपनि होइन | दोष हो देशको परिस्थितिको, देशको राजनैतिक अवस्थाको अनि नेता तथा भ्रष्ट कर्मचारीतन्त्रको | जो आफुलाई यस्तो समस्यामा अड्किएको अनुभव गर्छन तर उम्किन पाउंदैनन तिनको आक्रोश हो यो | तर उनीहरुले के बुझ्दैनन् या बुझ्ने कोशिश गर्दैनन् भने देशभक्ति दर्शाउन देशको सिमाभित्रै बाँधिएर बस्नु पर्छ भन्ने छैन | अज्ञानता हो यो तिनको |
आफ्ना एक मित्रले \'नेपाल छोड्नु परे छोड्नेमा म अन्तिम व्यक्ति हुनेछुं\' भन्ने सो मित्र अब विदेश लागि सकेको कुरा प्रकाश सायमीले आफ्नो फेसबुकको स्टाटसमा पोष्ट गरेका थिए | अर्थात जतिसुकै घमण्ड गरेपनि विदेशिनु पर्ने र अवसरको खोजिमा जो पनि तल्लिन भै रहेका हुन्छन् | यो अपराध होइन | तर सत्यलाई अंगालेर बोल्न सिक्नु पर्छ | त्यसैले देशभित्र रहेका ति व्यक्तिहरुले अमीलो अंगुरको कथा झैं नगरी, विदेशिएकाहरुप्रति आहारिसेपन नदेखाई, विदेशबाट देशलाई माया गर्नेहरुप्रति आदर गर्न सिकुन् र भोली आफुपनि विदेशिन सकिन्छ भन्ने यथार्थलाई नबिर्सुन् | तर विदेशिनु पर्ने अवस्था तिनलाई कदापि आइ नलागोस् भन्ने कामनापनि गर्न चाहन्छु | 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |