हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

रमेश खकुरेल, (काठमाडौं)


आज उनलाई भेट्न मन लाग्यो
जूनझैँ रूप हेर्न मन लाग्यो   ।

कल्पनामा उडी निकै थाकेँ
आज बागैमा घुम्न मन लाग्यो  ।

सुन्दरी ता अरू निकै देखेँ
हौ तिमी श्रेष्ठ भन्न मन लाग्यो ।

रूपको रंगमा कलम चोपी
प्रीतको गीत लेख्न मन लाग्यो ।

बिर्सुँ भन्दा नबिर्सने कैल्यै
एक नाता बसाल्न मन लाग्यो  ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |