हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

भुपेन्द्र महत, (कोलोराडो)


नयाँ बर्ष
, तिमिले एउटा आयाम थाल्नु पर्‍यो

चेतनाको दियालो निभाए, तिमीले बाल्नु पर्‍यो

धुजा धुजा भै मक्की सक्या छ इज्जत आबरु नि

सके देखि आउनु, देश यो मिलेर टाल्नु पर्‍यो

भोका छन् यहाँका उपिया, उडुस जति डसे नि

खोजि खोजि लेराउ अचुक ओखती हाल्नु पर्‍यो

खै कसरी कुहियो टाउका ति आलु कुहिए झै

गन्हाउन थालेछ गिदीको फोहोर फाल्नु पर्‍यो

माटो दुखे सुखी को
? चुहिए छाना ओतिन्छ को?

हातेमालो गरेर एउटा कदम चाल्नु पर्‍यो

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |