हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

विभोर बराल, (हाल: स्टकहोम, स्विडेन)


आनन्दको उत्कर्षमा पुगी हेर
एकपटक आफैँभित्र डुबी हेर

जिन्दगानी सार्थक पार्न बढ अघि
व्यथितका अश्रुलोचन पुछी हेर

कहिले पनि हुनेछैन तिम्रो हार
आफन्तका विजयमा झुमी हेर

कसैले साथ नदिँदैमा  हुन्न पीडा
आफ्ना सारा सहयोग भुली हेर

साना स्वार्थभित्र धेरै अल्झेका छन्
अलिकति तिमी माथि उठी हेर


(bibhorbaral@gmail.com)

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |