हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

मिथिला प्याकुर्याल, (तोरीखेत, चितवन ।)


सपनीमा निभ्न लाको प्रकाश देखेकी छु

कालो नीलो मडारिँदो आकाश देखेकी छु  

  

कस्तो देखेँ सपनी पनि आज है दैव
दैलो खोल्दा सँघारमा आफ्नै लाश देखेकी छु  

  

अब फेरि केही अपसकुन हुनु रैछ क्या रे
ढक्कमक्क शिरमा मेरो पलाँस देखेकी छु

  

खस्तै बगेकीछु लड्दै भागेकी छु कही

पाखाभरि सेतैसेतै गुराँस देखेकी छु

मेरो सपना कसैलाई पनि नलागोस् है दैव
नराम्रो सपना आजकाल एक तमाश देखेकी छु  


Comments

pratigya

Very Nice Ghazal. She is one of the best. keep it up

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |