हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

के भनुँ ?

नरबहादुर दाहाल, (सुकुना, दार्जीलिङ)

पहिले मैले तिमीलाई
फूल भनेँ
तर त्यो ओइलाउँदो रहेछ !
फेरि मैले तिमीलाई जून भनें
त्यो पनि अस्ताउँदो रहेछ।
अनि फेरि तिमीलाई मैले जीवन भनेँ
त्यो त झन् शून्यमै बिलाउँदो रहेछ। 

 

भन त प्रिया,
तिमीलाई अब म के भनुँ ?
त्यो आकाश भनुँ ....?
जो असिमित छ,
अथवा हृदय भनुँ ?
जो तिमी र ममा सिमित छ .....।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |