युद्ध र हामी
नम्रता गुरागाईं, (नर्थ क्यारोलाइना)
लामो रिसपनि छैन
युद्ध मैदानमा भएपछि जागिरको भाषामा
एकपटक नदेखेपनि
हामी एक अर्काका शत्रु हौं
तिमीले पाए मलाइ सोझ्याउनु पर्छ
मैले पाए तिमीलाइ सोझ्याउनु पर्छ ।
न जन्मान्तरका मित्रु नै
आफनै पाइतालाले टेक्न जागिरमा झुण्डिएपछि
मन फरक भएपनि
जागिरकै भाषा बोल्नुपर्ने रहेछ
जागिरकै पाउ मोल्नुपर्ने रहेछ
उम्किने उपाय नभेटेर
छोपेर आफना रहरहरु
जागिरमै पडकिनु पर्ने रहेछ ।
तिम्रो सुन्दरताको वयान गर्दै
परैबाट चाहनाको फुल फालुकि जस्तो लाग्छ
परैबाट मनको ढोकामा
नयां तुल हालौंकी जस्तो लाग्छ
तर नजिक नहोऔं हामी
आफना रहरलाइ युद्धसंग साटे पछि
तिमीले मलाइ सोझ्याउनु पर्छ ।
भित्र कुरो लुलो भए पनि
बांच र बचाउसंग संबन्ध चिसो भए पछि
कलिलैमा भर्ती भएपछि
हुर्किदा उम्रेको बैंशले कहां माया पाउदोरहेछ र
आंखामा कमब्याटको चश्मा लाए पछि
पावरफुल गोलीको कुरा ठुलोरहेछ
किनकि हामी युद्ध मैदानमा छौं
आफु मरेर राष्ट्र जोगाऊँदैछौं ।