हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

तिमी छौं कहाँ ?

गोबिन्‍द सिंह रावत, (टोरोन्टो)


छाया बनेर म संगसंगै

हिड्ने बाचाहरु

बाध्यताको उज्यालोले

मेटाई दिए पछि

 

निकटता र समिपता खोज्दै

मनमा आश्रय मागेर

अन्त कतै डेरा सरिजाने

विवशता उब्जिए पछि

 

तिमी हरायौं

सोध्नै नपाईकन

तिमी हरायौं

सोच्नै नपाईकन

तिमी हरायौं

 

मनभित्र कुदिएका तिम्रा तस्विरहरु

बेबियानको बुद्ध झै नामेट पार्दैगयो

समयका तालिबानहरुले

आकारमा मात्र सीमित बनाएर

 

तिमी कहाँ छौं अनभिज्ञ छु म

मात्र आभास गरेर

तिम्रो सुवास पाउने गर्छु

त्यही आभास र सुवासको

समानान्तरमा

तिमीलाई सधै खोज्ने गर्छु

 

तिमी हरायौ  

मानिसहरुको वस्तीबाट

तर हराएनौं

मेरो मनमस्तिष्कबाट

त्यसैले खोजी जारी छ

मात्र एकपटक भनिदेउ न

तिमी कहाँ छौं ?

 

फरवरी २ २०११

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |