हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

तृष्णाका लहर

गीता खत्री, (न्युयोर्क)


सागरलाई पानीको तिर्खा
सृ्र्यलाई तापको तिर्खा ।

धर्तीलाई माटोको तिर्खा
आकाशलाई बादलको तिर्खा ।

हावालाई बहकिने तिर्खा
हीरालाई चम्किने तिर्खा ।

प्रेमीलाई प्रेयसीको तिर्खा
मायालाई मायाकै तिर्खा ।

भक्तलाई भगवानको तिर्खा
लेखकलाई कल्पनाको तिर्खा ।

कहिं कहिल्यै नटुगिने तिर्खा
कोही कसैमा नसिद्दिने  तिर्खा ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |