हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आजभोली

गीता खत्री, (न्युयोर्क)


आजभोलि किन होला निंद छैन परेलीमा
भमरा नि घुम्न छाड्यो फूलको तरेलीमा ।
 
पिरतीको नसा लाग्यो मात लाग्ने हो कि 
भेटौं भने तिमीलाई बात लाग्ने हो कि ।
आंखाभरि तिम्रै तस्वीर मुटुभरि माया
चाहनाको  फूल फुल्यो मनको दायाँ बायाँ ।

यो मुटुको पानाभरि तिम्रै नाम लेख्न थालेँ
रातभरि सपनीमा तिमीलाई नै देख्न थालेँ
इच्छा मनको कैले पुग्ला संगै बस्ने संगै हांस्ने
जुनीजुनी नचुडिने पिरतीको माला गांस्ने | 

आजभोलि किन होला निंद छैन परेलीमा
भमरा नि घुम्न छाड्यो फूलको तरेलीमा ।

Comments

prakriti

Ekadam ramro lagyo.tapaiko kabita!

bheskhadka

sari ramro 6 tapai ko kabita geet sabi

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |