हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

धरती र जीवन

नर बहादुर दाहाल, (दार्जिलिंग)


यसपालाको झरीमा
न तिमि भिज्यौ
न म नै भिजें,
यसैले
मन पनि
त्यसै बाँझै रह्यो
जीवन र धरती
धरती र जीवन
दुवै एउटै हुन्
दुबैले भिज्नु पर्छ |

धरती
भिजेर नै मलिलो हुन्छ
जीवन
भिजेर नै दह्रिलो हुन्छ
यसैले
यो धरतीले भिज्नु पर्छ
यो जीवनले भिज्नु पर्छ
आँसुले भिजे पनि
पानीले भिजे पनि |


 

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |