हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

जीविकाको खेतमा

गोपाल रेग्मी, (भर्जिनिया)


जीविकाको खेतमा

जब कर्मको खडेरी लाग्छ,

पहेंलिंछ्न उन्नयनका बिऊहरू,

हराउंछन खुशीका निहुंहरु !

 

बन्द हुन्छन भरोसाका

नदी, खोला र नहरहरू

बिरानिदै बिरानिदै जान्छन

सपनाका शहरहरु

टाढीँदै टाढीँदै जान्छन

कोरलेका रहरहरु

झेल्सिंदै चिन्ताको आगोमा

युग बन्छन प्रहरहरू

 

सुखमा हंसिदिने त संसार नै छ

कस्ले बाँड्छ र? जिउनुका कहरहरु |

 

जीविकाको खेतमा

जब कर्मको वर्षा लाग्छ,

उम्रन्छन् प्रगतिका मूलहरु,

फक्रन्छन खुशीका फूलहरु !

 

बधाईका खाती लाग्छन

खुशी बांड्नेका ताँती लाग्छन !

 

त्यसैले,

कर्म तिम्रो साथी हो,

ईश्वर भन्दा माथि हो !

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |