हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

धमिलो पानी

बिनोद खड्का, (दोहा, कतार)


रातदिन
काम खोजिदेउ भनेर हैरान पारेपछि नेता महोदयले आफ्नो चुनाव क्षेत्रको एउटा चुनावकालिन कार्यकर्तालाई रोजगारीको सिफारिस नगरी रहन सकेनन नेता महोदयको बारम्बारको ताकेता पछि नेताको आफ्नै पार्टीको विश्वासिलो कार्यकर्ता भनेपछि हाकिमले हुँन्न भन्न सकेनन उसलाई नियक्ति दिईयो बडो फुर्तीसाथ कार्यस्थलमा प्रवेश गर्यो सबैले उसमा कामप्रति जोस जागर भएको अनुमान लगाए काममा लागेको पहिलो दिन उसले सबै सहकर्मी साथीहरुसंग भेटघाट गर्यो परिचय साटासाट गर्यो परिचयका क्रममा आफु राजनैतिक पार्टीको प्रभावशाली कार्यकर्ता भएको प्रभावशाली नेताको दाहिने हात भएको पनि बताउन छुटाएन उसको पहिलो दिनको परिचय पछि नै सुपरभाईजरले उसलाई काम लगाउन सक्ने क्षमता गुमायो जागिर सजिलो भयो किनकी काम गर्न नपर्ने भयो अर्को दिन क्यान्टिनमा खाजा खादै गर्दा सहकर्मीहरुसंग पारिश्रमिक अन्य सुविधाहरुको अवस्था बुझ्यो अर्को दिन हक अधिकारको व्याख्या गर्यो अर्को दिन थप पारिश्रमिक सुविधा लगायतका लामो मागपत्र देखायो यसका लागी उसका नेता तथा पार्टीको पूर्ण सहयोग रहने बतायो सबै दंग परे एकातिर मागपत्र अर्कोतिर साहासिलो शक्तिसाली सहकर्मी पाएकोमा सबै खुसी भए उनीहरुलाई लाग्यो अब सूखका दिन आए पछिल्लो दिन उसले विरोधको कार्यक्रम देखायो कोही कोही हच्किए कोही कोही जोसिए हच्किनेहरुलाई केही दिनको मिहेनतपछि उसले नै जोसिने बनायो अन्तमा सबैजना जोसिए


पछिल्लो महिनाको एक बिहान हाकिम जसै कार्यालय कक्ष पुग्यो उसको कार्यालयमा ताला लगाइएको थियो छेउमा एउटा लामो मागपत्र टाँसिएको थियो भोलिपल्ट त्यही नयाँ कामदार हाकिमको कोठाको सोफामा हाकिमको पनि हाकिम पारामा बसिरहेको थियो हाकिमले त्यो कामदारको अनुहारमा विरोधको संकेत भन्दा पनि बढी धमिलो पानी देख्यो

पहिल्यैदेखि नै लोडसेिडंगले पक्षाघात भएझै पुरा उत्पादन गर्न असक्षम प्राय भईसकेको त्यो उद्योग आखिरमा महिनौको काम बन्द आन्दोलनपछि आफै बन्द भयो


मार्च २०११ शनिवार, २१ फाल्गुण २०६७

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |