हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

वासना!

हरि घिमिरे, (भर्जिनिया)


त्यस्तो माया केका लागि जहाँ त्यसको 'सास' छैन
वासनाको भूमरिमा बाँच्ने कुनै 'आस' छैन

चन्द्र-सूर्य-आगो-आकास-धर्ति सबै साक्षी राख
विश्वासबिना जिन्दगीको कुनै राम्रो 'वास' छैन

सँगै हिड,सँगै बस सँग-सँगै खाऊ
आत्मीयता भरिएको कुनै यौटा 'गाँस' छैन

युगौं-युग सँगै बाँच्ने सहीछाप गरे पनि
छिमेकीले नहेरेको कुनै यौटा 'मास' छैन

भन अब पिरतीको परिभाषा कस्तो हुन्छ?
अर्थ खोज्न जाउँ भने कुनै 'इतिहास' छैन।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |