हालसालैका लेखहरु : लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ ) दशैँ ,(सुशील शाह)

'सलिजो'लाई सजिलो गरी बुझ्न खोज्दा,(शर्मिला खड्का (दाहाल))

 

आफ्नो रहनसहन, पहिरन, संस्कृतिभन्दा बेग्लै किसिमको रहनसहन, पहिरन संस्कृतिलाई मानिस भिन्नै दृष्टिकोणले हेर्ने गर्दछ त्यसलाई मानिसको सोचाइले सहजै स्वीकार गर्दैन तदअनुरुप त्यस परम्परालाई मानिस विभिन्न दृष्टिकोण राख्छ शंका उपशंकाका झटारो हान्न थाल्दछ कुनै नौलो परम्परालाई विश्वास गर्नु भनेको पुरानो परम्परालाई तोड्नु हो कुनै पनि पुरानो विश्वास वा मान्यतालाई भत्काएर नयाँ विश्वास वा मान्यतालाई प्रतिस्थापन गर्दा मानिसहरुलाई एक प्रकारको स्ट्रेश वा तनाव पर्छ भन्ने कुरा दार्शनिकहरु भन्दछन् यसरी तनाव सिर्जना गरेर नयाँ परम्परालाई साहित्यमार्फ समाजमा पदार्पण गर्ने उपन्यासकार हुन् - मोहनराज शर्मा 'सलिजो' मार्फत एउटा नयाँ मान्यतालाई साहित्यमा भावनात्मकरुपले कलात्मकरुपले उनले साहित्यमा प्रवेश गराएका छन् यो एउटा साहसिक कदम भएको कुरा डा. गोविन्दराज भट्टर्राई पुस्तकको भूमिकामा बताउँछन् उनी बताउँछन् --समलिङ्गीको बारेमा लेखिएको उपन्यास 'सलिजो' मार्फत नेपाली समालोचनाक्षेत्रमा क्वीअर सिद्धान्त (सन्दिग्ध सिद्धान्त)ले अवतरण गरेको समलिङ्गीयतासम्बन्धी अध्ययन अनुसन्धान अहिले वश्यक भएको   समलिङ्गीहरुको बारेमा धेरै अध्ययन गरी लेखिएको डा.गोविन्दराज भट्टर्राईको भूमिकाले समलिङ्गीयताको बारेमा अन्तराष्टिय व्याख्या, विश्लेषण, घटनाहरुलाई छर्लंग बनाउँछ जसले पाठकलाई उपन्यास पढ्दा वास्तविकताको किनारामा धकेल्न मद्दत गर्छ विश्वासको जरो पक्रन मदत गर्दछ


हाम्रो
देशमा समलिङ्गीहरुको बारेमा पढ्ने सुन्ने मौका हामीले भर्खरै पाउँदैछौँ के हो समलिङ्गी भनेको - यसबारे सर्वप्रथम हामी प्रष्ट हुन जरुरी किनभने हिजोसम्म हामीले नसुनेको शब्द, नदेखेको सस्कृति, नभोगेको परम्परा आज हामी देख्न भोग्न थालेका छौँ अहिलेको परिवर्तनशील समाजमा हामीले जे पनि भोग्न सक्ने जे कुरालाई पनि आत्मसात गर्ने शक्ति पैदा गर्नुपर्ने हुन्छ विश्वमा बढ्दै गएको  प्रविधिले हाम्रो दैनिक कार्य रहनसहन परम्परालाई पनि  असर पार्दै लगेको हामी भित्र प्रत्येक क्षण परिवर्तनशील मस्तिष्कको विकास गर्दै लगेको


समलिङ्गी
तेस्रो लिङ्गीको अस्तित्व हाम्रो समाजमा परापूर्वकालमा रहेको कुरा विभिन्न धर्मग्रन्थहरुमा हामी पढ्न पाउँछौ तर यसको विषयमा  खुलारुपमा कुरा गर्ने परिपाटी छलफल गर्ने यस सम्बन्धी हक अधिकारका कुराहरु भर्खर मात्र हुन थालेका हुन् साँच्चै यस विषयमा खोतलेर हेर्ने हो भने समलिङ्गीको बारेमा संवेदनशील हुने हो भने यो इश्वरले दिएको अप्राकृतिक प्रक्रिया हो यसमा कसैले रहरले वा कर वा इच्छाले गर्दा हुने कुरा होइन

 

'सलिजो' अर्थात भनेको सम, लि भनेको लिङ्गी जो भनेको जोडी हो 'सलिजो ले समलिङ्गीहरुको बाँच्ने हक अधिकारको कुरा उठाएको समलिङ्गीहरुलाई हामीले नजिकबाट बुझ्ने उनीहरुको भावनाप्रति संवेदनशील हुनुपर्ने कुरा उपन्यासकार मोहनराज शर्माले उठाएका छन् 'सलिजो'मा स्त्री समलिङ्गीको पीडा, भोगाइ यथार्थलाई उत्खनन गरेर देखाइएको पाठक यो उपन्यास पढुञ्जेल अलमल्ल परिरहन्छ अनि आफैलाई प्रश्नप्रश्नैको खातले थिचेको महसुस गर्दछ पाठक आफैले आफैलाई प्रश्न गर्छ 'यस्तो पनि हुन्छ ? उस्तो पनि हुन्छ ?' किनभने विषयवस्तु घटनाक्रमहरु नितान्त नौलो अस्वभाविक लाग्दछन् यो एउटा साहसिक कार्यको क्रमभङ्गताको लागि पाठकलाई असहज अवास्तविकताको धरातलमा पुर्याएर परम्परालाई चुनौति दिनु चानचुने कुरा होइन यो विषयमा यो लेखन आफैमा एउटा चुनौतिपूर्ण हो तर जहाँबाट उठेर मानवीयता बोल्छ त्यहाँ सबैले समर्थन विश्वास गर्नैपर्छ


उपन्यासकार
मोहनराज शर्मा आफू समलिङ्गी तेस्रोलिङ्गीसँग नजिक भएको उनीहरुको भावनालाई आफूले नजिकबाट बुझेको कुरा भूमिकामा बताउँछन् शायद यसैबाट उनलाई 'सलिजो लेख्न सजिलो भएको पनि हुन सक्छ उनले आफूले बनारसमा छँदा समलिङ्गीहरुलाई समाजले गरेको  घृणा तिरस्कार आफैले देखेको कुरा लेख्छन् स्त्री समलिङ्गीलाई समाजले विभिन्न लाञ्छाना पीडा दिएर, त्यतिले नपुगेर गुण्डा लगाई बलात्कार गराएर अन्त्यमा ती जोडीले आत्महत्या गरको कुरा बताउँछन् यो पढ्दा लाग्छ समाज किन यति क्रूर भएको होला समलिङ्गीका लागि समलिङ्गीका सम्बन्धी यस्तै रोचक कथा, दर्दनाक घटना हृदयस्पर्शी पीडाले उपन्यास पढुञ्जेल पाठकलाई तानिरहन्छ


जब
दुइ स्त्री एकआपसमा भावानात्मक रुपले एक हुन जान्छन् उनीहरु पुरुषको अस्तित्व स्वीकार गर्दैनन् तब उनीहरु स्त्री समलिङ्गी अर्थात् लेज्बियन हुन पुग्छन् त्यस्तै जब दुइ पुरुष स्त्रीको अस्तित्व स्वीकार नगरी भावनात्मक रुपले एक हुन्छन् उनीहरु पुरुष समलिङ्गी अथवा गे हुन पुग्छन् स्त्रीहरु पुरुषबाट बिकर्षण भइ समलिङ्गीयतामा जानुको पछाडि धेरै कारण हुन सक्छन् पहिलो उनीहरुको शरीरमा पैदा हुने हर्मोनले स्त्रीत्वलाई छाडेर पुरुषत्वको विकास हुनु हो, दोस्रो कारणमा स्त्रीको परिस्थिति, परिवेश, अवस्था रहनसहनले असर पार्नु हो यदि स्त्रीले सानैदेखि पुरुषदारा प्रताडित भइरही वा बलात्कार भई वा सानैदेखि पुरुषप्रति घृणा वा वितृष्णा हुने कुनै कार्य बारम्बार भइरहेर उसमा कट्टर नारीवादी भावना धारणा पैदा भएमा स्त्री समलिङ्गी हुने सम्भावना रहन्छ   यदि यस्तो भएको अवस्थामा स्त्रीले आफ्नो साथी स्त्री नै रोज्छे भावानात्मक रुपले एक भई आत्मीक प्रेम गर्न थाल्दछे यस्तो अवस्थामा यौन सुखलाई तुच्छ ठान्छे आत्मीय प्रेमलाई शारीरिक स्पर्शलाई नै यौनको सुख मान्न पुग्छे उपन्यास 'सलिजो'मा यस्तै कुरालाई घटनाक्रम मिलाएर बर्णन गरिएको दुइ स्त्री ज्वाला रुप स्त्री भएर पनि समाजमा बिवाह बन्धन बाधिएर बस्छन् विषमलिङ्गीको विवाहलाई मात्र मान्यता दिइएको हाम्रो समाजमा उनीहरुप्रति समाज घृणा तिरस्कार उब्जाइरहन्छ विषमलिङ्गीमा हुने आकर्षणबाट जैविक प्रक्रिया पुरा भई

सन्तानोत्पतिको
परम्परालाई मात्र मान्यता दिइएको हाम्रो समाजलाई यो उपन्यासले एउटा चुनौति दिएको देखिन्छ त्यसैले पाठकहरुलाई उपन्यास पढुञ्जेल वैचारिक विचलनले छोपिरहन्छ उपन्यास पढुञ्जेल पाठक विचलित भइरहन्छ यौनको आकर्षणलेमात्र यथार्थता मानेको हाम्रो समाजले ज्वाला रुपा दुइ स्त्रीको आत्मीय प्रेमको आकर्षणले पाठकलाई एक पल्ट अयथार्थको धरातलमा लगेर पछारिदिन्छ तर उनीहरुले विवाह गरी बाँच्नका लागि गर्नु परेको संघर्ष मानवीय भावनालाई जुरमुराइदिन्छ हृदयमा कतैबाट मानवीय भावना उम्लेर आउँछ 'कठै' भन्ने उच्छ्रवास मुखबाट निस्कन्छ यो विश्वमा सबै प्राणीलाई बाँच्ने उत्तिकै हक, अधिकार उसले स्वतन्त्ररुपले बाँच्न पाउनुपर्दछ फेरि समलिङ्गीका लागि समाज किन यति धेरै निर्दयी बनेको होला -  साँगुरिएको यो मस्तिष्कलाई मानिसहरु फराकिलो संसारमा किन पुर्याउँदैन - पीडा वेदना सबैको एउटै हो भनेर किन संवेदित बन्दैनन् -


प्रो.
शर्मा मार्फत समलिङ्गीसम्बन्धि नयाँ धारणा बिचारहरु उपन्यासमा व्यक्त गरिएको उनी समलिङ्गीहरुको र्समर्थन गर्दछ सहनुभुति राख्छन् जसले गर्दा ज्वाला रुपालाई बाँच्नका लागि प्रेरणा मिल्दछ डा. चकोरदारा पनि समलिङ्गीको बारेमा प्रशस्त आवाजहरु उठाइएको उपन्यासको अन्त्यमा समलिङ्गीहरु बीच भावनात्मक सम्बन्धले समाजलाई नयाँ सन्देश दिइएको अब यो एउटा अनौठो परम्परा होइन यो परम्परा यही समाजबाट उठेर यही समाजमा अस्तित्व कायम राख्ने नयाँ परम्परा हो जसलाई हामी सबैले आत्मसात गर्नैपर्छ


'सलिजो'लाई
अझ, सजिलो गरी बुझ्नका लागि ब्यु डायमण्ड सोसाइटीका अध्यक्ष तथा बिधायक सुनीलबाबु पन्तको भूमिकामा रहका यी शब्दहरुले सार्थक पार्न सक्छ -'सलिजो'ले यस विधामा पुरानो चलनको क्रमभङ्ग गर्दै नयाँ चलनको सुरुआत गरेको लेखक मोहनराज शर्माले समलिङ्गी तेस्रो लिङ्गीको वास्तविकता हामीहरुले भोग्नु परेको समस्याको सही पहिचान गरी समाजमा रहेको भ्रम अन्धविश्वासलाई चिर्ने प्रयत्न गर्नु भएको उपन्यासका पात्र घटनाक्रम काल्पनिक भए पनि धेरै समलिङ्गी तेस्रोलिङ्गी व्यक्तिलाई आफ्नै जीवनका वास्तविकता लाग्नेछन् अन्य पाठकलाई यस उपन्यासले यौनिक तथा लैङ्गकि अल्पसङ्ख्यको जीवन, भोगाइ समस्याहरुका बारेमा एकपटक अर्को ढङ्गले सोच्न बाध्य अवश्य बनाउनेछ उपन्यास आफैमा रोचक , यसमा दुइ मत छैन, तर यो ऐतिहासिक कृति पनि हो नेपाली साहित्यमा खुसी यस कारण पनि लागेको कि साहित्यबिधाको यस सहयोगले हाम्रो अधिकारको संघर्ष अझ प्रभावकारी बनाउन मद्दत पुग्ने

 

 

 

 

Comments

ashafal gautam

मैले तपाईँको समीक्षाहरु र रचना नीकै गहन विश्लेषणका साथ अध्ययन गरेको छ ु । एकदम राम्रो लाग्यो । 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |