हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

मनका कुरा,(शर्मिला खड्का (दाहाल))

 

वास्तवमा  निबन्ध, लेख्छु सङ्ग्रह बनाएर प्रकाशित गर्छु भन्ने सोच उषाकालीन मेरो साहित्य लेखनमा उदय भएकै थिएन मेरो सीमित सोचाइको घेरामा निबन्धसङग्ररूपी विराट महासागरले आकार नै लिएको थिएन सबै सोचेको कुरा हुन्छ भन्ने छैन सबै नसोचेका कुरा हुँदैनन भन्ने सिद्धान्त सबैको जीवनमा लागु हुन्छ भन्ने कुरा मान्छु यो जडसूत्र जन्मनुको मुख्य कारणचाहिँ मेरो बौद्धिकतामा हुने यान्त्रिक खराबी हो- भन्छु जसले गर्दा निबन्धरूपी वायुयान धेरै चोटि उडाउन खोज्दाखोज्दै पनि असफल भएकी थिएँ यदि कसैले  मेरो विषयमा भन्नुपर्दा यही कुरालाई प्रमाणित गरेर देखाउन सक्नुहुन्छ जसलाई होलसेलमा नै स्वीकार गर्न तयार छु यसलाई मेरो तर्फाट  स्पष्टिकरण दिनुपर्दा मेरो साहित्यिक पृष्ठभूमि अलिकति उर्घार्न चाहन्छु आइए बिए गाइडको भरमा प्राइवेट पास गर्नु तीनवटा दायित्वलाई सफलताका साथ पूरा गर्नु पर्दा साहित्यलाई तेस्रो दर्जामा राख्नु नै यसको मुख्य कारण हो जसको कारण साहित्यको अध्ययन लेखनलाई कम समय दिनुले  यो कुरा स्वतः सप्रमाणित भएर आउँछ निबन्धको जटिलतामा आफूलाई बाधेर पोखिनु नसक्नु मेरो कमजोरी भएको तर आज त्यो कमजोरीलाई मैले ठोकठाक, जोडजाड पारेर  सिर्जना र सन्त्राससङ्ग्रहमा आत्मगतता निबन्धमार्फ निबन्धरूपी आकाशमा पाठकहरूलाई  विचरन गराउने प्रयास गरेकी छु  

बि.. २०६० सालमा सानी छापिएर पुरस्कार पाएपछि बालसाहित्यकारको रूपमा साहित्यिक क्षेत्रमा पदार्पण हुन पुगेँ तर सानी छापिनुअधि नै बि..२०५५ सालमा समष्टिमा मेरो कथा 'असफल सङ्धर्षले कथाजगतमा केही हलचल मचाएको थियो यो कथापछि अन्य दुईचारवटा कथाहरूले प्रशंसा बटुलिसकेका थिए कथा बालसाहित्य लेख्दालेख्दै मैले जीवनसँग धेरै अनुभूति भावनाहरू साटिसकेकी थिएँ यस्तै भावना संवेदनाहरूले शब्दसँग कुस्ती खेल्दाखेल्दै यो संस्करण, जीवनी लेखहरू लेखेर थुपार्न थालेकी थिएँ सिर्जना र सन्त्राससङ्ग्रहमा भएका मध्ये मलाई सम्झना भएअनुसार 'सानी जन्मदेखि पुरस्कारसम्म' नै पहिलो सस्मरण हो यो रचनागर्भको पनि रचनागर्भ सानीले साझा बालसाहित्य पुरस्कार-२०६० प्राप्त गरेको भोलिपल्ट खुसी बाड्न परशुदाईकोमा गए

परशुदाइले भन्नुभयो- 'बहिनी यो सानीको रचनागर्भ भने लेख्नोस् ' मैले दाजुको रचनागर्भहरू पढेकी थिएँ

 ' खै लेख्न सक्छु दाजु -' मैले भनेँ।

'कोशिस गर्नुहोस् ' -उहाँले भन्नुभयो

नभन्दै घरमा आएर प्रयास गरे राम्रो रचनागर्भ तयार भयो त्यो रचनागर्भ गरिमामा पठाएँ। त्यो रचनागर्भ पुरस्कार पाएको दिन गरिमामा छापिएर सोही पुरस्कार पाउने समारोहमा बाँडिएको थियो मेरो खुसीको कुनै सीमा थिएन एक साझा पुरस्कार प्राप्त गर्दाको गरिमामय भव्य वातावरण त्यही माथि मेरो पहिलो रचना गरिमामा छापिएको गौरवमय क्षण त्यो खुसी शब्दमा वर्णन गर्न सक्दिनथेँ तर पनि मैले प्रयास गरे त्यो समयलाई जीवन्त बनाउन एउटा संस्मरण 'सत्य सधै अमर हुन्छ'  लेखेकी थिएँ त्यो संस्मरण कुन पत्रिकामा दिए थाहा भएन मलाई दुख लागिरहेछ  अहिले मसँग त्यसको केही अंशमात्र बाँकी त्यो यसप्रकारको  थियो -

वि..२०६२ साल वैशाख गते मेरो जीवनमा रोमाञ्चकता कौतूहलताले भरिपूर्ण भएको दिन थियो धेरै दिन अघिदेखि त्यो दिनको प्रतिक्षामा थिए उक्त दिन नयाँ ठाउँ, नयाँ परिवेशमा बेहुलीझैँ प्रबेश गर्दै थिएँ नयाँ ठाउँ नयाँ परिवेशमा ठूलठूला व्यक्तित्वहरूको माझ  सम्मानित पुरस्कृत हुँदै थिएँ। सो अवसर मलाई प्रदान गरेको थियो साझा प्रकाशनले साँच्चै भव्य तयारी गरिएको रहेछ, सो कार्यक्रमलाई मैले हृदयदेखि स्वागत गरे सम्मिलित हुन पुगेँ सबैको लागि अपरिचित थिएँ धेरैजसो साहित्यिक व्यक्तित्त्वहरू मेरा लागि अपरिचित हुनुहुन्थ्यो नयाँ बेहुलीझैँ अज्ञानताले भरिएको मुहार अपरिचित व्यवहार बोकेर उपस्थित भएकी थिएँ प्रज्ञा प्रतिष्ठानको आँगनमा

केही सामान्य परिचयपछि लक्ष्मीदिदीले भन्नुभयो- 'तपाईँ आजको हिरोइन ' तर मेरो आत्माले उहाँको अभिव्यक्तिलाई नकारी रहेको थियो बरु उहाँले मलाई बेहुली भनिदिनु भएको  भए सहमतीमा पुग्थेँ हुँला किनभने हिरोइनलाई सबैले चिनेको हुन्छ , देखेको हुन्छ तर बेहुलीको नाम उसको प्रशंसा मात्र सुनेको हुन्छ तर मैले उहाँको अस्वस्थ्य वाचनलाई पाचन गरेँ  किनभने त्यो नौलो परिवेशमा बेहुलीधर्मिता पूरा गर्दै थिएँ

साँच्चै, बेहुलीझैँ थिएँ त्यो दिन सबैको उत्सुकतापूर्ण हेर्राई कौतूहलतापूर्ण नजरको वर्षा भइरहेकोथ्यो त्यो क्षण माथि अपरिचित परिवेशमा त्यो क्षणको आनन्द लिइरहेकी थिएँ किनभने  त्यो अपरिचित वातावरण फेरि चाहेर पनि पाउन सक्दिनथेँ त्यो क्षण चाडै नै समाप्त हुँदै थियो त्यसैले जतिसक्दो त्यो वातावरणको आनन्दमा डुब्न चाहन्थेँ तर त्यो सौभाग्य धेरैबेरसम्म टिकाउन सक्दिनथेँ किनभने चाँडै नै पार्क भिलेज रिसोर्टमा त्यो वातावरण सदासदाको लागि समाप्त हुँदै थियो

नभन्दै उदधोषिका सन्ध्या पहाडीज्यूले बालसाहित्यको पुरस्कृत व्यक्तित्व भन्नुबित्तिकै सबै विशिष्ट व्यक्तित्वहरू परिचयको पावरफूल चस्मा लगाएर हेर्न थाल्नुभयो नवदुलहीझैँ लाजले धकाएँ सबैको मायालु स्नेहालु व्यवहारको आशामा आङ्काक्षाको डुङ्गा तैरिरहेकी थिएँ हुन   केही समय अघिदेखि मैले यस्तो व्यवहार जिएम नवराज कार्की लगायत केही नगण्य परिचित व्यक्तिहरूबाट पाइरहेकी थिएँ

मेरो मन उमङ्गको लहरमा द्रविभुत हुँदै आनन्दको छलाङ्ग लगाइरहेको थियो सबैको माया, स्नेह सम्मानले श्रृगारिएर साहित्यको बलियो बाहुपाशमा आफूलाई अझ बढी जकडिदै लादै थिएँ -सम्मान, भव्यताका साथ साहित्यसँग आजीवन प्रणयसुत्रमा बाँधिदै थिए जब सम्मानको समय आँखामा चम्किरहेको मोतीरूपी आँसुहरूलाई लुकाउन सकिनँ कल्पनाको संसारमा मात्र चित्रित भएका वरिष्ठ साहित्यकारहरूका माझ राष्ट्रकविको हातबाट आफूलाई सम्मानित पुरस्कृत हुन पाउँदा शायद साहित्यका लागि प्रताडित हुन पुगेको मेरो आत्मा हर्षाश्रति आँसु थाम्न सकिरहेको थिएन मैले जिन्दगीमा यो भन्दा खुसी सौभाग्य बिरलै पाउन सकुलाँ मैले आफूलाई अत्यन्त भाग्यशाली ठानेँ

यो संस्मरणको अन्य भाग गुमाउनु पर्दा अहिले मलाई साह्रै दुख लागेको ।अब फर्कौ मनको गनथनमा

झण्डै दुई दर्जन कथा छापिएर कथाकारको उपाधि पाएपछि महानन्द सापकोटाको  साहित्यिक महोत्सवमा भागलिने अवसर पाएकी थिएँ त्यो यात्रा मेरो जीवनको अविस्मरणीय यात्रा रह्यो जसलाई मैले शब्दमा कैद गर्न सफल भएँ। त्यो नियात्राले पनि साहित्यिक माहौलमा निकै प्रशंसा बटुल्यो

एकपल्ट दिग्गज साहित्यिक साधक आदरणीय दाजु गोबिन्द भट्टर्राईज्यू मेरो निमन्त्रणा स्वीकारेर मेरो झोपडी पाल्नुभएको थियो दाजुको प्रेरणा हौसलाले आफूमा भएको साहित्यिक खजाना सबै पोखेर दाजुको आत्मीयता सदासयताको सागरमा चुर्लुम्म डुव्न चाहेँ। दाजुलाई मैले तत्काल भएको त्यो नियात्रा टक्रयाएँ दाजुले त्यो नियात्रा गेस्टहाउसमा गएर राति पढ्नु भयो बिहान मैले दाजुलाई चियाको निमन्त्रणा दिएकी थिएँ दाजुले सो नियात्रा पढेर भन्नुभयो 'बहिनी, यस्ता निबन्ध अरू पनि छन् भने सङ्ग्रह निकाल्नु पर्छ ' दाजुले भन्नुभएपछि झल्याँस्स भएँ- 'अहोमसँग यस्ता संस्मरण, लेखहरू छँदै छन् किन नछाप्ने सङ्ग्रह बनाएर -' सायद दाजुले त्यसबेला त्यसो नभन्नु भएको भए ती निबन्धहरू कतै फाइलमा बिलाएर जान्थे होलान् किनभने मेरा यस्ता केही राम्रा लेखहरू हराएर गए

मेरा मन साह्रै चञ्चल निस्त्रिय स्थीर भएर रहन सक्दिनं यो मेरो स्वभाव हो सायद यही स्वभावले गर्दा नै होला मैले बालसाहित्यमा विभिन्न बिधामा कलम चलाएकी हुँ त्यस्तै प्रौढसाहित्यमा पनि कलम चलाउँदै छु हुन एउटै विधामा कलम चलाएर सिद्धहस्त भई कुनै उपाधि हासिल गर्नु राम्रो हो भन्ने कुराको तर्क दिई मलाई जोकोहीले हराउन सक्नुहुन्छ आफ्नो स्वभावको कमारी हुँदाहुँदै पनि  मैले मेरो स्वभावलाई ठेलठाल, मिचमाच पार्दै कथाविधामा चाहिँ विशिष्टता हासिल गरुँ भनेर लागेकी पनि थिएँ तर जब साहित्यिक क्षेत्रमा आफूलाई तन, मन, धनसहित समर्पित गर्ने सोचले काठमाडौँ आएर कीर्तिपुर मा स्नातकोत्तर अध्ययन गर्न थालेण त्यसपछि मेरो स्वभावले हौसिने मौका पायो   अन्य विधातिर लम्कन थाल्यो । जसको नतिजा अहिले म पुस्तक समिक्षा, सस्मरण, निबन्ध, समालोचनातिर कलम चलाउदैछु ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |