हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आँसु मिश्रित सम्झनामा गोविन्द दाई,(पल्पसा)

दिप श्रेष्ठ, मेरा दाई भएर मात्र होइन, एउटा असल मानिस र उत्कृष्ट कलाकार भएकोले उनि मलाई सार्है प्रिय छन् | म उनलाई असाध्य माया गर्छु र दाईसंग जोडिएका कुराहरुलाई पनि त्यसै अनुसार स्नेह र आदर गर्छु |

दाईका मीत गोविन्द कटवाललाइ पनि म त्यसै अनुरुप आदर गर्थें |

तीस वर्ष पहिले "हर रात मेरा निंदहरु

चिसो बतासले उडाई लान्छ

बिहानीपखको मिर्मिरेले

मलाई नै बिउँझाई दिन्छ"

जस्तो चर्चित गीतले आफ्नो परिचय बनाउनु भएका गोविन्द दाईका थुप्रै गीतहरु गाइएका छन् | गीतकार/सर्जकका नाताले गोविन्द दाई मेरोलागि सम्मानित त हुनु हुन्थ्यो नै तर गत वर्षको काठमाण्डौको बसाईताका वहाँको गीतको एल्बमको विमोचनले झन नजिक्यायो | सज्जन, सुललित, मृदुल स्वभावका गोविन्द दाईको संगतमा वहांको दुवै किडनीको समस्याको बारेमा थाहा पाएँ | मेरो आफ्नो दुई दाईहरुपनि किड्नी कै कारणले देहावसान हुनुभएकोले गोविन्द दाइको पीर झनै बढी लाग्थ्यो |

वहाँ गीतलाई, देशलाई माया गर्ने मान्छे, विदेशमा बस्ने अवसरलाई छोडेर देशमै बस्न चाहने मान्छेलाई दैवले खै कुन देशमा लिएर गयो | संगै अपार्टमेन्ट किनेर काठमाण्डौमा बस्ने हाम्रो चाहना अब कहिल्यै पुरा नहुने भयो |

धन्न दीप दाई र वहाँका साथिहरुको करले एउटा एल्बम त सार्वजनिक भयो | गत वर्ष मृगौला प्रत्यारोपणकोलागि भारतको चण्डीगढ जानु अघि 'अनुभूति' एल्बम विमोचन गरिएको सो गरिएको कार्यक्रममा वहाँले भन्नु भएको अहिले म झल्झली सम्झन्छु "चिनोको रुपमा छोडेको यो एल्बम मेरो पहिलो भएपनि अन्तिम पनि हुन सक्छ |" नभन्दै गोविन्द दाईको त्यो एल्बम पहिलो र अन्तिम नै भयो | संगीतकार/गायक अम्बर गुरुङद्वारा विमोचित सो गीत संग्रहमा दीप दाई लगायत राजेश पायल राइ, अन्जु पन्त, शोफिया गुरुङ श्रेष्ठ आदिले आफ्नो स्वर दिएका छन |

अन्ततः गोविन्द दाइले वहाँको त्यो एल्बमसंगै चीरकालसम्म बाँची रहनु हुने छ नेपाली संगीतको आकाशमा, गीत संगीतलाइ माया गर्ने सम्पूर्ण नेपालीहरुको मनमा मनमा |

दुखेको मन र रुझेको आँखाले सलाम गर्दै छुँ तपाइंलाई | श्रद्धाका शब्द फूलहरुले श्रद्धान्जली अर्पिंदैछुँ तपाईंलाइ |

Comments

nirmal shrestha

the time passes away
no body cares .. its every day
lots of people passes away
but memory of certain people remains every day

Yadav Tripathee

Palpasa Di, although he is no more with us, his creation will remain alive forever among us. Along with your words we also express heartfelt condolence.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |