हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

घामको चुम्बन,(उत्तम भट्टराई)

नेपाली निबन्ध-नियात्रा र युवराज नयाँघरे पर्यायबाची नाम बन्न पुगेका छन् । नयाँघरेका हालसम्म ८ वटा निबन्ध - नियात्राका कृति आइसकेका छन् । उनको पछिल्लो कृति हो - घामको चुम्बन ।  

घामको चुम्बनमा २३ वटा नियात्राहरु रहेका छन् । रत्न पुस्तक भण्डारले बजारमा ल्याएको उक्त संग्रहमा सुदुर पूर्व इलामको जोगमाईदेखि सुदुर पश्चिम महाकाली नदी पुग्दासम्मका अत्यन्त रसिला मीठा र स्वादिला नियात्राहरु रहेका छन् । सरल शैली गाउँले जीवनको यथार्थ बर्णन एवम् पहाल- मधेसका दृश्यचित्रलाई आकर्षक पारामा तस्बीरझैं खिचिएको छ नियात्रामा ।  

असाध्यै मीठो शैलीमा नियात्रा लेख्ने नयाँघरेको कला र प्रस्तुति यस संग्रहमा अझ विकसित र समृद्ध देखा परेको छ । नेपाली समाज नेपाली प्रकृति सांस्कृतिक सम्पदा र सभ्यताको ज्यादै कलात्मक रुपमा यस संग्रहमा उतारिएको छ । पाठकलाई सजिलै डोर् याउन खुबी भएका लेखक हुन् नयाँघरे । 'घामको चुम्बन'मा पनि उनको त्यो लोभलाग्दो कला र खुबी सुस्पष्ट भेट्न सकिन्छ ।  

घामको चुम्बनबारे डा. तारानाथ शर्मा मूल्यांकन गर्छन् "यो संस्मरणात्मक र निबन्धात्मक यात्रा बृतान्त नेपालको यथार्थ चित्रण गर्न कम्मर कसेर अघि सरेको छ । सलल्ल बग्ने भाषामा कुनै स्वार्थ नराखी इमानदारीपूर्व पोखिएका अनुभूतिहरुले सिँगारिएको यो ग्रन्थ नेपालको अर्चनामा धेरै अग्रसर मात्र भएको छैन पूरै सफल पनि भएको छ ।"  

२०६५ सालको मदन पुरस्कारबाट पुरस्कृत नयाँघरेको प्रस्तुत घामको चुम्बन अत्यन्त विशिष्ठ नियात्राको कृति हो । नेपालका सबै भूभागलाई सरल र सहज ढंगले लेखिनुपर्छ उनको मान्यता छ ।

'घामको चुम्बन' पाठकहरुबाट बजारमा आएको केहि दिनमा नै अत्यन्त रुचाइएको छ । यो पाठकहरुका निम्ति प्रिय पुस्तक भइरहेको प्रमाण यसको प्रत्येक दिनको राम्रो माग र चर्चाबाट प्रमाणित भएको छ । नेपाली यात्रा साहित्यको निम्ति 'घामको चुम्बन' उल्लेख्य कृति हो ।   

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |