हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

स्वीजरल्याण्ड यात्रा: एक अनुभव,(बिनोद खड्का)


हवाईजहाजले जेनेभा विमानस्थलमा अवतरण गर्न लाग्दा जहाजका साना झ्यालहरुवाट देखिने वरिपरिका हरियालीहरु वस्तीहरु र परतिरको डाँडाहरुले झण्डै काठमाण्डौ विमानस्थलमा अवतरण हुन लागेझै आभास दिलाउथ्यो । बाहिर हल्का बर्षा भइरहेको कुरा त पहिले नै जहाजका कर्मचारीहरुले बताई सकेका थिए । पर्यटकिय महत्वको देश भएकोले जहाजमा अत्यधिक रुपमा पर्यटकहरु नै थिए र तीनमा पनि पर्यटकका रुपमा धेरै खर्च गर्ने र अपेक्षाकृत रुपमा शान्तिपूर्ण मानिने जापानी पर्यटकहरुको संख्या धेरै थियो । विमानस्थलको अण्डरग्राउण्डमा ईमिग्रेसन भन्सार तथा सामान चेक्ड ब्यागेज संकलनको व्यवस्था भएकोले हामी जहाजवाट निक्लने वित्तिकै अण्डरग्राउण्डतिरको ईमि्रगेसनको लाईनमा जोडियौ । अन्य मुलुकहरुमा देखिने जस्तै यहाँ पनि ईमिग्रेशनको अगाडीको लाईन निकै लामो थियो जुन हवाईजहाजको लामो यात्रावाट थकित झै भएर आएका यात्रुहरुका लागी निश्चय नै सुविधाजनक मान्न सकिदैन । आफुलाई विकसित भन्न रुचाउने मुलुकहरुमा समेत लामो यात्रावाट आएका थकित यात्रुहरुलाई लामो समयसम्म अध्यागमन डेस्कको अगाडी उभ्यायाई रहनु निश्चय पनि बिडम्बना नै मान्नुपर्छ । त्यसमाथि ईमिग्रेशन अधिकारीहरुले कहिले काही कसै कसैलाई उक्त देशको विदेशस्थित कन्सुलर अफिसले जारी गरेको प्रवेशाज्ञा रहदा रहदै पनि कुनै अन्य अव्यवहारिक आधारमा गैरकानुनी बाहेक आफनो देशमा प्रवेश गर्न नदिन सक्ने पूर्व शर्तका आधारमा पून उसकै देशमा फर्काइदिने निर्णय गर्न सक्ने अधिकार प्रयोग गर्न सक्ने भएकोले खासगरी यस्ता प्रकारका निर्णयहरुवाट अविकसित मुलुकहरुका नागरिकहरु प्रभावित हुने गर्छन । कहिलेकाही यस प्रकारका दूखद निर्णयको सामना गर्नु पर्ने भएकोले  गरीब विकासोन्मुख र अविकसित मुलुकका नागरिकहरु जो व्यक्तिगत भ्रमणमा हुन्छन विकसित मुलुकहरुका ईमि्रगेशनको लाईनमा वस्दा त्यत्ति खुसी नदेखिने महशुस गर्न सकिन्छ ।
 

 

मेरोलागी भने कहिले वास्तविक स्विजरल्याण्डको द्धष्यास्वादन गर्न पाईएला भन्ने हतार भईरहेको थियो । झण्डै आधा घण्टाभन्दा बढी समयको लाईनमा मेरो पालो ईमिग्रेशन अधिकारीको अगाडी गएर टुंगियो । ती ईमिग्रेशन अधिकारीको सम्भावित प्रश्नहरुको मेरो प्रतिक्षा विना प्रश्न टुंगियो र म मेरो स्विटजरल्याण्डको अन्तिम प्रवेशाज्ञा लिएर ईमि्रगेशनबाट बाहिरिएर सामान संकलन गर्ने बेल्टतिर लागे । म त्यहाँ आफ्ना सहकर्मी सहयात्री हाकिमहरुलाई खोज्दै थिए तर उनीहरुलाई मैले देख्न सकिन । एयरपोर्ट टर्मिनलको आगमन कक्षको नजीकको सबै सम्भावित ठाँउहरुमा खोजे तर उनीहरुलाई भेट्न सकिन । आफनो सामान संकलन गरेर म टर्मिनल बाहिर निक्ले पछि पनि सहकर्मीहरुलाई यता उता खोज्न थाले तर उनीहरु भेटिएनन । सोचँे होटल एयरपोर्टको नजीकै भएकोले सायद उनीहरु गईसके होलान । त्यसपछि फेरी टर्मिनलभित्र पसेर एउटा मनी एक्सचेन्ज काउन्टरमा छिरेर अलिकति स्विस प्रुेंक साटेर बाहिर निक्ले । एयरपोर्ट टर्मिनलको भनिएकै ठाउँमा होटेलको भ्यान प्रतिक्षारत थियो । होटेल बुिकंग भैसकेको थियो र हाम्रो स्थानिय कार्यालयले नै होटेल विलको रकमको भुक्तानी गर्ने समेत व्यवस्था भएकोले त्यतातर्फको जिम्मेवारी हल्का भैसकेको थियो । होटेल बाहिर खडा रहेको होटेलको गाडीमा होटेलतिर लागे । सडक वरिपरिका हरियाली र हल्का वर्षाले भिजेको सडकले यो सानो यात्रालाई धेरै रोचक बनाईरहेको थियो । एयरपोर्टवाट शहरतिर लाग्ने वित्तिकै वाटाका छेउका प्राकृतिक द्धष्यहरुले यो देश प्रकृतिको हराभरा संसार हो भन्न सकिने आधारहरु देखाउथ्यो । यद्धपि एयरपोर्ट नजिकैको होटेल भएकाले यो छोटो दूरीको यात्रावाट धेरै निश्कर्ष भने निकाल्न सकिँदैनथ्यो ।   

 

होटेलमा चेक ईन गरेको झण्डै तीन घण्टापछि जब म आफ्नै कोठामा चिया पिउँदै होटेलले प्रदान गरेको निशुल्क वाईफाईका साथमा ईन्टरनेट यात्रा गर्दै जहाजको लामो यात्राको थकान मेट्ने प्रयास गर्दै थिए त्यत्तिखेरै मेरो कोठाको टेलिफोनको घण्टी बज्न थाल्यो । रहेछन सहकर्मी सहयात्री हाकिमहरु । मलाई एयरपोर्टमा नै पर्खेर बसेका रहेछन उनीहरु । मलाई कतै ईमिग्रेशनमा नै त समस्या परेको हो कि भन्ठानेका रहेछन उनीहरुले । उतैवाट दोहामा पनि फोन सम्पर्क गरेछन । मेरो दोहाको मोवाईलमा पनि सम्पर्क गर्ने प्रयाश गरेछन तर त्यो त मैले जहाजमा प्रवेश गरेदेखि नै बन्द गरिसकेको थिए । मेरो लागी उनीहरुले भोग्नु परेको असुविधाको लागी साँझमा मैले उनीहरुलाई भेटेपछि माफी मागेको थिए ।  

 

होटेलको रिसेप्सनिष्ट केटीले चेक ईन गर्दाको समयमा नै सार्वजनिक यातायातको लागी मान्य हुने एउटा प्रिपेड कार्ड दिएकि थिईन जसको प्रयोग जेनेभाभरीकै शहरभित्रको सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्नको लागी हुन्थ्यो । तीनै केटीले होटेल नजिकैको बस स्टायण्ड पनि देखाईदिएकि थिईन । कसैले भनिदिएको थियो कि त्यही वसबाट शहरको मध्य भागमा रहेको सिटी सेन्टर नामको मार्केटमा पुग्न सकिन्छ । साँझको हल्का बर्षालाई मतलवै नगरी म बसस्टायण्डमा पुगेँ । मसिनो झरी परिरहेको थियो । मान्छेहरु छाता ओढेर हिडिरहेका देखिन्थे । सफा कालोपत्रे सडक र एक समान आईरहने मोटरगाडीहरुले सडक पार गरेर यताउता गर्न त्यत्ति सजिलो भने छैन । बाहिर हल्का झरी भएपनी जेनेभाको यो साँझ असाध्यै रमाईलो महशुस गर्न सकिन्छ । दश मिनेट भन्दा बढी रुझ्नु परेन वस आईहाल्यो । लामो दुईवटा वसलाई जोडेर एउटा बनाईएको त्यो वस नेपालको ईतिहास बन्न थालेको ट्र्लीवस जस्तै विजुलीबाटै पो चलथ्यो क्यारे । हाम्रो देशले पनि पाएको थियो ट्र्लिवस जुन त्यतिखेर सम्म चल्यो जतिखेरसम्म चलिरह्यो अर्थात उन्नाईसबाट कहिल्यै बीस भएन होला बरु देशका अत्याधिक सार्वजनिक संस्थाहरुको प्रगतीस्तर जस्तै केवल बीसबाट उन्नाईसमात्र भईरह्यो । आफैले जोड्नु त कता हो कता अर्काले दिएको पनि संरक्षण र सम्बद्र्दन गरेर स्थिर बनाउन नसक्नु हाम्रो आफ्नै दूर्भाग्य हो । बस ठाँउठाँउमा रोक्दै गथ्र्यो यात्रुहरु कोही ओर्लन्थे कोही उक्लन्थे । निकै पर पुगीसकेपछि वसमा यात्रा गरिरहेको एसियन नागरिक झै देखिने एउटा यात्रुले अर्को स्थानिय यात्रुलाई केही सोध्यो । त्यो स्थानिय यात्रुले निकै प्रयास गरेर त्यो आगन्तुक यात्रुको प्रश्नको उत्तर त दिएको हो तर त्यो आगन्तुक यात्रु सन्तुष्ट देखिएन । संस्कार भन्ने कुरा महत्वपूर्ण हुँदोरहेछ । यो पर्यटकिय नगरमा विदेशी कसैले कुनै कुरा सोध्यो भने त्यसलाई सक्दो मद्धत गर्नु यहाँको संस्कार रहेछ । यो कुरामा हामी नेपालीहरु पनि कम छैनौ तर कतिपय विकसित भनिने देशहरुमा पनि कसैले सडकमा कुनै सूचना माग्यो भने यो अपठ्यारोमा परेको रहेछ भनेर ठग्ने तरतिब गर्ने फटाहाहरुको सिकार झण्डै झण्डै म पनि भएको छुँ । यतिखेर त्यो नवागन्तुक र म दूवैजना अन्योलग्रस्त यात्रु भएका थियौ जो यात्रा त गरिरहेको छ तर जसलाई आफ्नो गनतव्य नै थाहा थिएन । हाम्रो परिचय हुन पुग्यो । उनी रहेछन अफगानिस्तानका एक सरकारी कर्मचारी जो पानी सम्वन्धी एउटा सम्मेलनमा भाग लिन आजै जेनेभा आईपुगेका रहेछन । जहाजी रुटको अज्ञानताले लामो समय दुबईको ट्र्ान्जिटमा विताएर लामो यात्राबाट यहाँसम्म आईपुगेका रहेछन । यात्राको थकान भएता पनि जेनेभाको सून्दरताले उनको थकानलाई उडाएर उनलाई पनि म जस्तै मध्य शहरतिर हानिन मन लागेको रहेछ । उनी पनि हल्का बर्षाको चुटाईलाई मतलबै नगरी होटेलवाट बाहिरिएका रहेछन । बसवाट शहरको सम्भवत मध्य भागमा उत्रिएर यतिखेर हामी दूई जना हल्का वर्षाको चुटाईलाई मतलव नै नगरी शहरमा यताउता भौतारिरहेका थियौ । हामीसंग कहाँ जाने कहाँ पुग्ने भन्ने केही लक्ष त थिएन तर दूवैजनासंग रातको खाना कसरी व्यवस्था गर्ने भन्ने सवाल चाही कायमै रहेछ । अधिकांश पसलहरु बन्द भैसकेका थिए । बाहिर सिसा झयालबाट सामानको मूल्य अवलोकन गथ्र्यौ । खासगरी हाम्रा आँखामा त्यहाँका आकर्षक घडीहरु नै परेका थिए जो हाम्रा लागी साहै महंगा साबित भएका थिए । हामी जस्ता श्रमजिवीका लागी महंगा थिए पनि । त्यो साँझ वर्गर खाएर हामी दुई जना आआफु बसेका होटेलमा फर्केका थियौ ।

 

भोलीपल्ट म एक्लै जेनेभाको प्रसिद्द तथा सून्दर ताल जेनेभा तालमा पुगेको थिए । दूई देशमा प्रुान्स र स्विजरल्याण्ड फैलिएको संसारको एक मात्र ताल भनेर प्रसिद्ध यो ताल निश्चय पनि साहै सुन्दर र मनमोहक देखिनथ्यो । साँझको समय भर्खरै हल्का वर्षा थामिएर तालको पल्लापटृी देखिएको सप्तरंगी ईन्द्रेणीले यहाको वातावरणमा झनै रोचकता थपेको थियो । तालको माथिल्लापटिृका लाईन मिलेर बनेका विशाल भवनहरु र त्यसपछाडीका चटृान झै देखिए पनि साहै सुन्दर देखिने एक लाईन पहाडले अझै तालको वल्लापटिृवाट यसको अवलोकन गर्नमा रोचकता थपिरहेको थियो भन्न सकिन्छ । विभिन्न जातजातीका चराहरुको वासस्थान पनि रहेको यो तालको एकातर्फ रहेको पानीको अग्लो फोहोरा अनि छॆउछाउमा रहेको डुंगाहरु अनि तालको किनारमा रमाईलो सन्ध्या मनाईरहेका किसोर किसोरीहरुको जमघट यो तालको श्रृंगार झै देखिरहनथ्यो । खोई मलाईमात्र हो कि अरुलाई पनि हो तर मलाई यो ताल र यहाँको सूँन्दरतालाई छोडेर होटेलतिर फर्कन नै मन लागेन । तालको किनारको सानो गोरेटो झै बाटोमा फोटो खिचिरहेका केही किसोरीहरुलाई मेरो आफ्नै क्यामेरावाट यहाँको फोटो उतारिदिन गरेको आग्रहलाई एउटी किसोरीले ताल वरिपरीको सून्दरतामा जोडेर उतारिदिएको फोटो मेरा लागी अति महत्वपूर्ण र अविस्मरणिय भएको छ । यात्रामा एक्लै निक्लनुको एउटा समस्या त्यहाँको सम्झनालाइ फोटोमा उतार्न नसक्नु हुँन्छ । यस्तो समस्या मैले धेरै पटक भोगेको छुँ । तालको किनार हुँदै फर्कदै गर्दा विवेक तुली पनि वरिपरिका सून्दरतालाई आफ्नो क्यामेरामा बटुल्दै गरेको देखिए । उनी पनि प्रकृतिप्रेमी रहेछन भन्ने देखिनथ्यो । त्यसो त प्रकृतिका प्रेमी नहुँने मान्छे सायद वीरलै होलान भन्ने मलाई लाग्छ । हामीले एक अर्काको फोटोहरु उतार्न एक अर्कालाई सहयोग गर्यो र फेरी एक्लै एक्लै आआफ्नो वाटोतिर लाग्यौ । यहाँवाट होटेलतिर फर्कदा शहरमा वत्ति बलिसकेको थियो । म त्यही रेल ट्र्ामस्टेसन भएर फर्के जहाँ अन्य धेरै देशहरुमा जस्तै बिग्रेका झै देखिने मादक पदार्थमा लठृ युवा युवतीहरुको भीड देखिनथ्यो । कोही मादक पदार्थमा झुमिरहेका देखिन्थे अनि कोही भने आफ्नै कुकुरहरुसंग चलेर बसिरहेका देखिन्थे । तर जे होस समग्रमा यो शहर सफा र हरियालीले भरिपूर्ण देखिनथ्यो । मलाई यहाँको प्राकृतिक सून्दरताको वर्णन मेरी ईटालीमा रहेकी सहकर्मी ईटालियन साथी प्रुान्सेस्का लिपारीलाई ईन्टरनेट मार्फत वर्णन गर्न रमाईलो लागथ्यो र म साँझमा होटेलवाट यसै गर्थे भने उसले उतावाट पठाउने उसका अरु थप सुझावहरु मेरा लागी यहाँको भ्रमणमा सहयोगी सिद्ध भैरहेका थिए ।  

 

मैले जेनेभा तालको किनारमा बसेर आफ्नो देशलाई नियाल्ने प्रयास गरेको थिए । निश्चय पनि तालहरुको स्वर्ग हाम्रो देश नेपालका विभिन्न भागहरुमा आआफ्नै बिषेशताहरु बोकेर बसेका धेरै सून्दर तालहरु छन । मैले अहिलेसम्म प्रत्यक्ष भेट्न पाएको भनेको पोखराका प्राकृतिक जटाहरुको छेउमा फैलिएर रहेको फ्ेवाताल मात्रै हो र यो ताल र यहाँको अवलोकनले कसैलाई पनि मीठो एकान्त अनन्त श्रृजनसिलता र समयको स्वर्गीय आनन्द दिन सक्छ भन्ने कुरामा मलाई द्विविधा छैन । मलाई जेनेभा तालको यो सानो र रमणिय साँझले मलाई मैले आफु अझै पुग्न नसकेको मुगुको रारातालमा पुर्यायो ।  मैले डाँडापाखाहरुको सिरतिर रहेको रारा तालको सेरोफेरोलाई सम्झे । मलाई लाग्यो त्यो राराताल पनि जेनेभा तालभन्दा अझै बैशालु भएर आफ्ना प्रेमीहरुलाई लठ्याईरहेकी होलीन । फरक यत्ति होला जेनेभा ताल शहरकी आधुनिक यौवना आधुनिक श्रृगारहरुले वरिपरीवाट सजिएकी होलिन भने राराताल गाँउ पहाडमा फकि्रएको प्रकृत्तिले कुँदिएको आफैमा सून्दरी यौवना होलिन । त्यसैले त होला कतिपय पर्यटकहरु नेपाल आएपछि स्वदेश फर्कन नै मान्दैनन रे । अव यो जन्ममा हिडेर त राराताल पुगिदैन होला तर अन्य तरिकावाट त्यो ठाँउसम्म पुग्न सके भने मलाई लाग्नेछ कि म प्रकृतिको स्वर्गमा पुगेको हुँनेछुँ र मेरो यो जन्मले सार्थकता पाउनेछ । बाँकी सबै भगवानको हातमा । म भगवानमा भन्दा पनि भगवान प्रतिको आस्थामा बढी विश्वास गर्छु । मेरो यो भनाईको वास्तविक अर्थ बुझ्नका लागी अरुलाई त्यति सजिलो भने छैन ।    

 

हाम्रो तालिम केन्द्र स्विजरल्याण्डको वायुसेवा संस्था स्विस एयरको कार्यालय हाताभित्र नै पर्दथ्यो जुन भवन जेनेभा विमानस्थलसंगै जोडिएको थियो । त्यसैले हाम्रो कक्षाकोठावाट विमानस्थलको धावनमार्गमा जहाजहरुले अवतरण र उडान भरिरहेको द्धष्य नजिकैवाट देखे झै महशुस हुनथ्यो । यद्यपि यी भवनका झयालहरु यसरी बनाईएका थिए कि त्यति नजिकैबाट जहाजहरु उडान र अवतरण गरिरहँदा पनि तीनका आवाजहरुको यी कक्षाकोठाहरुमा कुनै पनि प्रभाव पर्दैनथ्यो । अझ स्विसएयरको स्टाफ क्यान्टिनमा खाजा खाँदै क्यान्टिनको सिसा झयालहरुबाट जेनेभा विमानस्थलको धावनमार्गमा जहाजहरुको उडान र अवतरणको द्धष्यहरु अवलोकन गर्न झनै रमाईलो महशुस हुँनथ्यो । अर्को दिन हामीहरु तालिम केन्द्रको कक्षाकोठावाट जेनेभा एयरपोर्टवाट पारीपटृी देखिने लामा पहाड श्रृंखला र त्यसका टुप्पामा पग्लदै र घट्दै गएका हिउँका छापहरुलाई हेर्दै थियौ भने कोही जेनेभा विमानस्थलमा अवतरण तथा उडान भरिरहेका विमानसेवा कम्पनीहरुका जहाजहरु हेर्दै र कोही भने यी द्धष्यहरुलाई आफ्ना क्यामेरामा कैद गर्दै थिए । कफि समयको यो सानो ब्रेकलाई कोही पनि द्धष्यावलोकनको मौकावाट चुकाउन चाहदैनथे । तालिम संचालन भैरहेको कक्षा कोठाको ठूला ठूला झया्लहरुवाट जेनेभा विमानस्थलको मोहकताको अवलोकन गर्न सकिनथ्यो भने पारीपट्टि देखिने ठूला पहाडहरु र ती माथि परेका हिउँका मेटिन नसकेका सेता टाटाहरुको द्धष्यावलकोलन गर्ने रहरले कसै कसैको कहिलेकाही कक्षाको बिषयवस्तुवाट समेत ध्यान विस्थापित गरिरहेको स्वभाविक रुपमा महशुस गर्न सकिनथ्यो । यत्तिकैमा हाम्रा प्रशिक्षक पिटर मैदारले बताए कि त्यो पारीपट्टिको त्यो पहाडी श्रृखला स्विजरल्याण्डको होईन बरु त्यो त फ्रान्सको हो | तर हामी त्यो फ्रान्सको पहाडलाई हाम्रो देशको पर्यटन उत्पादनको रुपमा प्रयोग गर्न चुक्दैनौ | किनभने त्यो पहाड श्रृंखला कुनै पनि नवआगन्तुकहरुकालागी फ्रान्समा पर्छ भन्दा पनि अनौठो लाग्छ । त्यसो त जेनेभा एयरपोर्टको केही भागहरु नै फ्रान्समा पर्छ रे । त्यसैले फ्रेन्चहरु जेनेभा एयरपोर्टलाई घरेलु विमानस्थलकै हैसियतमा प्रयोग गर्छन रे । हाम्रा प्रशिक्षक भन्दै थिए स्विजरल्याण्डमा दूई तिहाई नागरिकहरु फ्रेन्च भाषा बोल्छन भने तीस प्रतिशत नागरिकहरुले जर्मन भाषा बोल्छन र अरु बाँकी सानो प्रतिशत अरु भाषाहरु बोल्ने गर्छन । रमाईलो कुरा के हो भने जेनेभामा अत्यधिक रुपमा फ्रेन्च भाषा बोल्छन रे भने जुरिचमा अत्यधिक रुपमा जर्मन भाषा बोल्छन रे ।   

 

ईटालियन साथी सहकर्मी फ्रान्सेस्काले उनको पुरानो प्रेमी जो स्विस थिए उसलाई सम्पर्क गरि मलाई दिएको पूर्व सूचना अनुसार जेनेभामा यतिखेर जाडो छ र केही बाक्ला लुगाहरु लिएर जानु पर्ने सुझाव दिएकी थिईन । निश्चय पनि त्यहाँ यतिखेर जाडो थियो । हल्का वर्षाले अझै जाडो थपिरहेको थियो । तर आफुलाई भने दोहाको तातो तापक्रमबाट यहाँ पुग्दा जाडोले के भेट्न सकथ्यो र । फ्रान्सेस्काले नै स्विजरल्याण्डमा सामानहरु महंगो भएको जानकारी दिदै अनावश्यक सामान खरीद नगर्न सल्लाह दिएकि थिईन । उनको अनुसार घडी त किन्दै नकिन्नु । हो पनि सामानहरु मध्यम वर्गिय आम्दानी भएकाहरुका लागी निकै महंगा लाग्दा रहेछन ।

 

भोलिपल्टको साँझ म संयुक्त राष्ट्र्संघको भवनहरु भएको ठाँउमा जान हतारिएको थिए । ईन्टरनेटमा गुगलमा भेटेको नक्सा अनुसार संयुक्त राष्ट्र्संघको भवनहरु पैदल दूरीमा नै भएको जस्तो लागेको थियो र त्यसैले पैदलै यात्रा सुरु गरेको थिए । तर लक्ष भेट्न मलाई गाह्ो पर्यो । वास्तवमा नै पैदल दूरीमा रहेनछ । अन्तमा केही नलागेपछि मैले कसैलाई सोध्ने निधो गरे । अगाडीबाट आँउदै गरेकी यूवतीलाई संयुक्त राष्ट्र्संघको भवनहरु भएको ठाँउ कसरी पुग्न सकिन्छ भनेर झटृै सोधे । मैलॆ प्रश्न गर्ने बित्तिकै ती यूवतीले अपठयारो मानिन अनि दयालु द्धष्टी मतिर फाल्दै बताईन कि म गलत दिशातिर जाँदैछु र म पैदलै मेरो गनतव्यसम्म पुग्न प्राय त्यति सजिलो छैन । उनले मलाई ट्रामबाट जाने सल्लाह दिईन । तीनै यूवतीले मलाई कसरी मेरो गनतव्य पुग्न सकिन्छ बताईन । मैले ट्राममा त्यतातिर यात्रा गर्दै गर्दा यहाँ भेटिएका हरेक मान्छेहरु जो जो संग मैले सोधनी गर्थे तीनिहरुबाट पाएको सहयोग देख्दा यो देशका मान्छेहरु साहै सहयोगी रहेछन भन्ने अनुमान गर्न गाह्रो परेन । पर्यटकहरुको आकर्षणको थलोका मान्छेहरुका अतिथीप्रतिको यो आत्मिय सहयोग अनि होटेलले प्रवेशविन्दुमा नै उपलव्ध गराएको सार्वजनिक सवारीहरुका लागी टिकट मेरा लागी निकै संस्मरणिय भई नै रहेको छ ।  

 

त्यसो त हामी नेपालीहरु पनि अरुलाई सहयोग गर्न पछाडी हटी नै हाल्ने खालका त होईनौ । तर सूचनामात्र दिएर गर्न सकिने सहयोगमा हामी नेपालीहरु विना स्वार्थ सक्दो सहयोग गर्छौ । यो भावना मैले पनि देखेको छुँ भोगेको छुँ र विदेसी पाहुना पर्यटकहरु तथा स्वदेशी भ्रमणकर्ताहरुवाट सुनेको छुँ । यसैले एक पटक नेपाल पुगेको कोही पनि पर्यटक वा भ्रमणकर्ता नेपालीहरुको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्छन । विदेशीहरु ईमान्दारिताको सवालमा पनि नेपालीहरुलाई निकै मन पराउँछन । त्यसो त नेपालीहरु पनि आफ्नो सेवामा पूर्ण ईमान्दार रहन्छन । त्यसैले होला कतिपय वैदेसिक सेवा वा रोजगारीमा नेपालीहरुको माग अझैसम्म उत्तिकै छ ।  

 

म यतिखेर संयुक्त राष्ट्र्संघको भवनहरु भएको ठाँउको मध्य भागमा पुगिसकेको थिए । ट्र्ामवाट निक्लने बित्तिकै दायापटृीको एउटा भवनको अगाडी पटिृको वाटोको दूई छेउमा फरफराई रहेको झण्डाहरुले यही नै हो संयुक्त राष्ट्र्संघको भवन भनेर पत्ता लगाउन गाह्ो परेन । सुने अनुसार यो भवन संयुक्त राष्ट्र्संघको दोश्रो ठूलो कार्यालय भवन हो । दोश्रो विश्वयूद्धमा भाग नलिएको स्विजरल्याण्डमा अवस्थित संयुक्त राष्ट्र्संघको भवनले यहाँका नागरिकहरुको शान्तिपि्रयतालाई पनि झल्काईरहेको थियो । भवनको अगाडीपटृीको चोक खाली थियो अर्थात शून्य थियो तर यसलाई वरीपरीवाट घेरीरहेका सडकहरु भने व्यस्त थिए । मलाई त्यस ठाँउमा आफु पुगेको सम्झना क्यामेरामा कैद गर्नु थियो तर त्यहा अर्को कोही थिएन । हेर्दा हेर्दै एक जोडी अपि्रुकन केटा र केटी एक अर्काको फोटो खिच्दै त्यतै आईपुगे । मैले तीनैको सहायताले आफ्नो संस्मरणलाई दरिलो बनाउन आफ्नो तस्विर उतार्न सफल भए । चोकवाट चारैतिर ठूला ठूला भवनहरु देखिन्थे । कोही थिए आई टि यु का त कोही थिए शरणार्थी सम्बन्धी आयोगका । रमाईलो थियो जेनेभाको यो क्षेत्रपनि र यो साँझमा अझ रमाईलो महशुस भई रहेको थियो । भवनहरुको मध्य भागको चोकमा देखिने एउटा ठूलो काठको मेच राखिएको छ जसको एउटा खुटृा भाँचिएको छ र तीन खुटृामा नै  अड्याईएको छ । यो खुटृा भाँचिएको मेचले के संकेत गर्न खोजेको हो त्यो चाँही बुझ्न सकिएन । राष्ट्र्संघ भवनको अगाडीको वाटोका दूई छेउमा सायद सदस्य राष्ट्र्हरुको झण्डाहरु फर्फराईरहेका थियो । त्यहाँ मेरो आफ्नो भन्ने केही थियो त हाम्रो झण्डा र म त्यसैलाई खोजिरहेको थियो । कति खुसी हुन्थे होलान मेरा मन यदि हाम्रो देशका झण्डा देख्न सकेको भए सायद मलाई आफ्नै देश देखे जस्तो हुनथ्यो होला तर त्यो गुजमुज्ज झण्डाहरुमा कुनै पनि देशको झण्डा पत्ता लगाउन गाह्ो पथ्र्यो र मलाई पनि त्यस्तै भयो । एक पटक कतारको खलिफा स्टेडियममा २००६ मा यहाँ यसियाड हुँदाको समय देख्न पाईएको फर्फराईरहेको हाम्रो देशको झण्डा देख्दा मलाई कति खुसी लागेको थियो त्यो म अहिले यहाँ शव्दमा वर्णन गर्न सक्तिन । तर दूभाग्र्य मैले आफैले पढाएको एउटा विद्यार्थीले फेसबुक मार्फत हाम्रो झण्डाप्रति देखाएको दूर्भावनाहरु मेरो शिक्षणजीवनको सबैभन्दा ठूलो पराजय महशुस भयो । त्यसो त ईतिहास नै मास्ने प्रवृत्तिमा देखिएको उसको राजनैतिक पार्टीको चितुवा खाले नेताहरुको भावनालाई उसले प्रतिनिधित्व गर्न चाहेको हो भन्ने मैले बुझेको छुँ ।   

 

त्यो साँझ पनि जेनेभा शहरको मध्यभागको ट्र्ाम स्टेशनको छेउको म्याकडोनाल्डमा वर्गर र आलु खाएर निक्लदा शहरलाई रातले छोपिसकेको थियो । तर यो रातमा बसमा शहरदेखि एयरपोर्ट नजिकै रहेको होटलसम्मको यात्रा अझै रमाईलो महशुस हुन्थ्यो ।

 

भोलीपल्टको साँझ मैले रेडक्रसको म्युजियममा जाने निधो गरे । एक्लै भए पनि जाने निधो गरे । मैले सुनेको थिए यो म्युजियममा महायुद्ध ताकाका धेरै सम्झनाहरु संकलन गरेर प्रदर्शनीमा राखिएको छ । कक्षाकोठामा समय पाउनेवित्तिकै म गुगलमा रेडक्रस म्यजियमको स्थान पत्ता लगाउने प्रयास शुरु गरिहाल्थे । परीक्षा सम्पन्न भएपछिको सानो समय कार्यालयको व्यापारिक छलफलमा खर्चेपछि हामी होटेल फर्केका थियौ । म यो स्विटजरल्याण्ड यात्राको अन्तिम साँझ आफ्नो रहरसंग अन्य तरीकाले सम्झौता गर्ने पक्षमा थिईन यद्यपि बाहिर हल्का बर्षा भईरहेको थियो । बर्षा रोकिने कुनै सम्भावना नै थिएन र मेरो साथमा न त छाता थियो न म छाता किन्ने पक्षमा नै थिए । मैले होटेल नजिकको वसस्टेसनबाट यात्रा शुरु गरिहाले । शहरको मध्यभागमा पुग्दा पनि पानी परिनै रहेको थियो । रेडक्रस म्यजियम संयुक्त राष्ट्र् संघ भवनकै वरिपरी नै छ भन्ने थाहा भएको र यो क्षेत्रमा हिजो नै पुगिसकेकोले त्यहाँसम्म पुग्न कुनै समस्या नै थिएन र पुगे पनि । तर यतिखेर यहाँ पानी दर्किरहेको थियो । यो दर्कीरहेको पानीमा भिज्नुको कुनै औचित्य थिएन त्यसैले म वसस्टेसनको छतरीभित्र पसे । समय कम हुँदो थियो तर पानी रहने कुनै सम्भावना थिएन । त्यसैले पानी अलि कम दर्केको मौका पारेर मैले फेरी गनतव्य पत्ता लगाउने प्रयास गर्न थाले । केही मान्छेहरुको सहायताले मैले लक्षस्थानको दिशा पत्ता लगाएपछि अविरल झरीमा भिज्दै त्यतै लागे । सडकको वरीपरी घाँसे जमिन सहितका रुखहरु थिए । यही सडकको पेटी हुँदै अगाडी बढ्दा सडकको दायाँ पटिृको घाँसे पार्कको मैदानको बिच भागमा देखियो महात्मा गान्धीको सालिक जसको तलपटिृ लेखिएको थियो मेरो जीवन मेरो सन्देश माई लाईफ माई म्यासेज । निश्चय नै यो सालिक र यसको तलपट्टि लेखिएको सन्देश रोचक र मर्मपूण वा भावपूर्ण थियो । म यो अविरल लुरे झरीमा रुझ्दै अगाडी बढे ।  उ ल देखियो सडकको पल्लापटिृ सानो ढिस्कोको टुप्पोमा अवस्थित रेडक्रस म्युजियमको भवन । म हतार हतार त्यतातिर लागे ।  रेडक्रस म्युजियमको वन्द ढोका बाहिर म्युजियम खुल्ने समय लेखिएको थियो जुन यतिखेर बन्द भैसकेको थियो । अर्कै महादेशको अनि धेरै परको देशको भनेर कसैले यसो म्युजियम हेर्ने व्यवस्था मिलाईदिएला कि भनेर म्युजियमको आँगनभरी र वरीपरी नजर दौडाए तर यो पानी दर्कीरहेको समयमा को पो देखिनथ्यो र । म हातलाग्यो शून्य भनेर त्यहाँवाट वसस्टेसनतिरै फर्के । साबिक बमोजिम वर्गर र आलु खाएर सधै झै स्टेशनतिर लागे । आजचाही अली थुप्रै जडायहा युवक युवतीहरुले भीड जमाएको देखियो । कसैका साथमा ठूला ठूला कुकुरहरु पनि देखिए । यीनै बेथितीका मान्छेहरुका भीडमा कतै सुन्दरी युवतीहरु पनि देखिन्थे त कतै बुढाबुढीहरु पनि देखिन्थे । यस्ता बेथितीका मान्छेहरु मैले पहिले युरोपको अर्को देश जर्मनीको फ्रान्कफ्रट मेनको रेलस्टेशनमा देखेको थिए जहाँ पुलिसहरु कुलतका मान्छेहरुका पछाडी परिरहेका देखिन्थे पक्रन्थे लान्थे र पनि त्यहा त्यस्ता मान्छेहरुका भीड कम देखिदैनथ्यो र कोही पनि प्रहरीदेखि डराएका झै पनि देखिदैनथे । आज यहाँ पनि यस्तै नै देखियो । यो पक्कै पनि स्विजरल्याण्डको समाजको एउटा नराम्रो पाटो नै थियो क्यारे । जे होस आजका दिनसम्म मैले कुलत र गतीछाडाहरुको यति खुल्ला अखाडा नेपालमाचाँही केही भटिृ पसल बाहेक अन्त देखेको छैन र देख्न पनि नपरोस ।  

 

भोलिपल्ट बिहानीको ब्रेकफास्ट खाएपछि हामी सिधै एयरपोर्टस्थित रेलसेटसनतिर लाग्यौ । हाम्रो कार्यक्रम अनुसार यही प्लेटफर्मवाट लुसान वर्न हुँदै ३ घण्टाको यात्रामा जुरिच पुग्नु थियो र त्यहीबाट कतारको दोहातिरको उडान भर्नु थियो । घाम लाग्न गाह्ो भैरहेको दिन भए पनि र बेलाबेलामा रुन्चे झरी परिरहेको भएपनि समग्रमा यो यात्राको दिन रमाईलो थियो र स्विजरल्याण्डको गाँउ पहाडको सूँन्दरताको रसास्वादन गर्न केही बाधा परेको थिएन । निश्चय नै स्विजरल्याण्डका गाँउ पहाड खोला नाला बन पाखा खेतीबारी असाध्यै सून्दर देखिन्थे । यो प्राकृतिक सून्दरताको मजासंग रसास्वादन गरियो पुरा ३ घण्टाको रेलयात्राभरी नै ।   

 

केवल समुन्द्रसंग जोडिएका मुलुकहरुमात्र विकसित हुन्छन भन्ने कुरालाई यो भुपरिवेष्टित मुलुकले गलत सावित गरिदिएको छ । संसारको धनी मुलुकहरुमध्ये एक यो देशमा प्रतिव्यक्ति कुल उत्पादन अमेरिकी डलर ६५ हजार भन्दा बढी छ । समग्रमा भन्नुपर्दा स्विजरल्याण्ड मेरो यात्राको अठारौ मुलुक थियो र यो मेरो एउटा त्यस्तो यात्रा थियो जसमा म अघाउनै सकिन । जेनेभा तालको किनारामा साँझहरु बिताउने मेरा रहरहरु पुरा हुँनै सकेनन । रमाईला र सहयोगी स्वीसहरुसंग भुलिएका बाटोहरु सोध्ने मेरा रहरहरु पुरा हुँनै पाएनन ।

 

 

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |