हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

'ल्याम्प पोष्ट' मुनि उभिएको एउटा श्रष्टा,(सुन्दर जोशी)


एउटा
यात्राको धंगधंगी बोकेर  एकजना संगीतकारको अगाडी बसी रहेको थिएँ  | ति संगीतकार, आफ्ना केहि साथीहरुसंग मिलेर बालकहरुकोलागि स्वस्थ्य अनि सुन्दर गीतहरु सिर्जना गर्ने तरखरमा लाग्नु भएको मलाई थाहा थियो  | त्यहि प्रसंगमा कुराकानी भैरहेको बेला मलाई झट्टै पत्ताले भन्ने नजिकै पहाडको एउटा ढिस्कोमा पुस्तक पल्टाएर बसी रहेको त्यो बालकको सम्झना भयो | मुडे गाउँ माथिको  एउटा ठाडो उकालोको टुप्पामा पुगेर तेर्सो लाग्नेबेलामा बाटो माथिको एउटा थुम्कोमा बसिरहेको त्यो बालकले मलाई अघि बढ्नबाट रोकेको थियो | मैले आफ्नो क्यामेरा निकालेर उसका केहि तस्बिरहरु अनि ह्याण्डीक्याम निकालेर खुला आकाश मुनि चिसो सिरेटोको बेवास्ता गर्दै, सिंगान पुछ्दै पुस्तक पढी रहेको त्यो बालक अनि त्यो मन सिरिङ्ग पार्ने दृश्य हेरीरहेका सगरमाथा लगाएत अरु थुप्रै हिमालहरु सबैलाई रेकोर्ड गरेको थिएँ सुन्दर भविष्यको कल्पनामा डुबेको त्यो बालकसंग झन्डै दस पन्द्र मिनेट गफिएर  आफ्नो बाटो लागेको थिएँ  भर्खरैको आफ्नो त्यो यात्राको अनुभव मैले ति संगीतकारसंग बाँडे | उहाँले त्यो बालक, त्यसबेलाको परिस्थितिलाई शब्दमा उतार्न मलाई अनुरोध गर्नु भयो तर आफुले जिन्दगीमा कहिले पनि गीत नलेखेको हुँदा  मेरो कलम सरेन |  

मैले आफ्नै आँखाले देखेको  अनुभूत गरेको सत्य  दृस्यहरुलाई पनि शब्दमा रुपान्तर गर्न सकिनं | केहि दिन पछि, उहाँले मलाई भन्नु भयो "त्यो बालकको गीत सुन्ने हो दाई ?" अनि हार्मोनियमको करङ्ग सुम्सुम्याउदै उहाँले मलाई सुनाउनु भयो

" लेकका हामी केटाकेटि 

 कुहिरो भित्र स्कूल छ 

 चौरीमा चराउदै दिन बित्छ 

 पढ्नु  लेख्नु मुस्किल छ..... " 

 

मेरो भावनाहरुले, त्यो बालक प्रतिको मेरो स्नेहले अभिव्यक्ति पाएको थियो एउटा सुन्दर गीतको रुपमा   अति खुसि भएको थिएँ त्यतिबेला मलाई त्यो गीत सुनाउनु हुने व्यक्ति अरु कोहि नभएर  संगीतकार/गीतकार अनि गायक आभास भाई हुनुहुन्थ्यो | मलाई अहिले नाम सम्झना भएन तर आभास भाईको यी सुन्दर शब्दहरुलाई अरु कसैले सङ्गीतमा ढाल्नु भएको रहेछ  
यी
 सबै कुराहरु झन्डै पच्चीस छब्बीस बर्ष अघिको हो
|

आभास भाईसंगको नाता, यो गीतसंग मात्रै सिमित थिएन | उहाँ स्वर्णिम इंग्लिश स्कूलमा  संगीतको शिक्षक हुनुहुन्थ्यो, त्यहि स्कुलको संस्थापक अध्यक्ष थिएँ  | हामी दाजु भाई जतिकै घनिष्ठ थियौ | घनिष्ठ त्यस बेला भइन्छ जब आचरण, विचरण सबै रयाँग्काठ्यांग मिल्दछ |

यस्तो कुरामा मेरो उमेर, अनुभव सोचाई  कहिले पनि बाधक बनेन बरु  सधै रमाउने गर्दथिएँ सङ्गीत  साहित्यमा उत्तिकै सक्रिय आभास भाईसंगको सान्निध्य पाएर | त्यस पछि, त्यहि यात्राको धंगधंगिमा, एउटा अर्को प्रयाश गरि टोपलें, छन्द  बन्दको मेरो त्यो प्रयासलाई आभास भाई जस्तै अर्को एकजना होनहार भाई प्रमोद हमालले सङ्गीत दिनु भयो | तिनताक नेपालमा अहिलेको जस्तो सांगीतिक माहौल बनेको थिएन | रेडियो नेपालको बारेमा लेखेर समय खर्चिनु निरर्थक हुनेछ | सबैलाई थाहा भएकै कुरा किन दोहोर्याई राख्नु पर्छ  ? फरक खालका शब्दहरु, बिद्रोही आवाजहरु क्याम्पस  शहरको चोकहरुमा यदाकदा हुने सांगीतिक कार्यक्रमहरुमा मात्र सुन्न पाइन्थ्यो  | प्रमोद किरण भाईले त्यो गीत थुप्रै ठाउँमा गाउनु भएको हल्ला  मैले सुनेको थिएँ  | प्रबासमा  झन बढी मन पराईएको कुरा प्रमोद भाईबाटै थाहा पाएको थिएँ पछि प्रबासमा भएकै बेला एकदमै अल्प आयुमा प्रमोद भाई बित्नु भएको खबरले  विह्वल भएँ | मलाई लाग्यो मेरो त्यो गीत प्रमोद भाई संगै गयो |

धेरै बर्षको अन्तरालमा  २००७ मा नेपाल फर्किदा आभाष भाइलाई खोज्दै  नेपालयको कार्यालयमा पुगेँ | २००५ देखिनै उहाँ नेपालयको आर सालामा "पलेटी" नामको एउटा नितान्त बेग्लै सांगीतिक कार्यक्रम चलाई राख्नु भएको सुइँको मैले बिभिन्न पत्र पत्रिकाको माध्यमबाट पाई सकेको थिएं | उहाँ प्रसिद्ध संगीतकार अम्बर गुरुंगको शिष्य हुनु भएको  मलाई पहिलेनै थाहा थियो, यस बीचमा उहाँ भारतको कुनै विख्यात सङ्गीत बिध्यालयमा अध्यन गरि झन् खारिएर आइ सक्नु भएको रहेछ | दुर्भाग्यबस पलेटी कार्यक्रम हुने दिन नै मौसम खुलेकोले  मुक्तिनाथको लागि उडे पलेटीमा बस्ने  मन भरिको धोको त्यो बर्ष पुरा भएन थकथकि लाग्यो | अनि २००९ मा फेरी नेपाल पुगेँ | यस बीच सामाजिक संजाल फेस बुकको माध्यमबाट हामी दाजुभाइको घनिष्ठताले उग्र रुप लिई सकेको थियो झन् खसखस डट कमले आभास भाई संगको अन्तरंग कुराकानीलाई आफ्नो 'नयाँ पाइला' स्तम्भमा प्रकाशन गर्ने रहर गरे पछि हामी दाजुभाई द्वारिका होटेलको पुस्तकालय भित्र पुग्यौ   घन्टौ गफियौ | गीत सङ्गीत "पलेटी" कार्यक्रमको बारेमा उहाँको अभिव्यक्तिहरु खसखस डट कममा सुन्न सकिन्छ | अनि संयोग कस्तो परेछ भने त्यो महिनाको "पलेटी" कार्यक्रममा उहाँ आफै प्रस्तुत हुन लाग्नु भएको रहेछ | चार बर्षको अबधिमा दोश्रो पल्ट | सबै कार्यक्रमलाई थाँती राखेर  नेपालय पुगेँ | त्यहाँको माहौल देखेर  तिनछक परे | नेपालयको परिसरमा एउटा ठुलो पाल टाँगिएको थियो | एउटा कुनामा बार थियो जहाँ आफुले किनेको प्रवेश पत्र देखाए पछि दुइ ओटा कुपन पाइने ब्यबस्था रहेछ जसले दुइ पेग आफ्नो रुचिको पेय पदार्थ पाइने | अनि त्यो माघको जाडोमा के छोडिन्थ्यो | साँधेको गुन्द्रुक, छोयला, मुस्या बजी अनि आगो, तामाको ठुलो मकलमा दन्दनी बलेको आगो थुप्रै परिचित अनुहारहरुसंगको जम्काभेट, कुन्द दिक्षित, गणेश रसिक अनि मन्जुल जस्ता दाजुहरु, आगोको न्यानो लप्का जस्तै लाग्ने नयाँ, पुराना, पत्रकार र सृजनशील साथीहरु,   सार्है रमाएँ त्यो वाताबरणमा |

आर सालाको भित्र आभास भाइले मलाई २००७ मानै पुर्याई सक्नु भएको थियो त्यति बेला मैले त्यो कोठा भित्रको सांगीतिक माहौललाई आभास भाइको शब्दहरुमा मात्र अनुभूत गरेको थिएं | यस पल्ट भने स्टेजको सबै  भन्दा अघि पलेटी मारेर बसेँ एकापट्टी पुरानो पुस्ताको बिद्रोही कवी अनि गीतकार मन्जुल दाई अनि अर्को पट्टी नयाँ पुस्ताको होनहार गायक अमृत गुरुङ भाई अनि मन्चमा हरेक गीतसंग जोडिएको थरि थरिका प्रसंगहरु संगै मन  छुने गीत सुनाईरहनु  भएको आभास भाई | कहिलेपो बिर्सन सक्छु  ? झन् बिर्सी नसक्नु  भाव विव्हल हुने क्षण त मध्यान्तर पछि आयो जब स्रोताहरुको फरक फरक फर्माईसलाई पन्छाएर आभास भाईले दिबंगत प्रमोद भाइको प्रसंग उठाउनु भयो  भुली बिर्सी सकेको आफ्नै शब्दको गीत जुन मैले माथि अलिकति बर्णन गरि सकेको छु सुनाउन थाल्नु भयो, मेरो परिचय सहित | मध्यान्तर पछिको चिया चमेना पछि मैले सबै भन्दा पछाडी बस्ने ठाउँ भेट्टाएको थिएँ त्यसको फाइदा के भयो भने मैले आभास भाइले थाहा नपाउने गरि आफ्नो आइ फोनको अडियो  रेकोर्ड अन गरिदिएँ | आफ्नै बारेमा, आफ्नै गीत रेकोर्ड नगरी कसरि बस्न सक्थेँ | कार्यक्रमको सुरुमै त्यसो गर्न निषेध भनि आभास भाइले भन्नु भएको कुरालाई मैले उलंघन  गरेँ तर कसम होला ती अँशहरु मैले आफै एकान्तमा सुन्नु बाहेक कसैलाई सुनाएको छैन | आफ्नै परिवारको मानिसलाई पनि | मलाई माफ गर्नुस  आभास भाई | अनि पत्रकारसाथीहरु   आफन्तहरुको चर्को फर्माईस पछि आभास भाइले त्यो गीत फेरी दोहोर्याएर गाउनु भयो त्यस पछि त्यो बालकको गीत, त्यो गीत सिर्जना गर्नुमा मेरो भूमिकाको विवरण सबै खुलस्त पार्दै | वास्तबमा त्यो दिन मेरो लागि औधी खुसि अविस्मरणीय दिन रह्यो |

केहि महिना अघि फेसबुक मार्फत "पलेटी" कार्यक्रम केहि समयकोलागि स्थगित भएको थाहा पाएँ | आभास भाईसंग त्यस बारे जिज्ञासा राख्दा "पलेटी" लाई अलिक फरक ढंगले संचालन गर्ने सोच भैरहेको  उहाँ आफै आफ्नो दोस्रो गीति एल्बमको तैयारीमा लाग्नु भएको सुखद समाचार सुन्न पाइयो एक डेढ महिना अघि आभास भाइले फेसबुकको आफ्नो पर्खालमा लेख्नु भयो "यसपाली एउटा गोरेटो खन्नु  ......" अनि अरुले उत्सुकता जनाउदै कमेन्टहरु गरेको पढेर  रमाउन थालेँ मनमनै सोचेँ, पक्कैपनि माथि उल्लेखित मेरो शब्द भएको स्वर्गीय प्रमोद भाईको त्यो गीतले आभास भाइको नयाँ एल्बममा स्थान पाएको हुनु पर्छ | जिज्ञासा राखी हालें, नभन्दै मेरो अनुमान सत्य निस्कियो | कमसे कम एउटा गीतले आधुनिक प्रविधिमा रेकर्ड हुने अवसर पाएको खबरले मेरो खुसीको कुनै सिमाना रहेन |

केहि दिन अघि आभास भाइको फेस बुकमा  शिर्षक सहितको एउटा तस्बिर टाँगिएको भेटेँ | शिर्षक थियो "ल्याम्प पोस्ट"  | मैले कुरो बुझीहालें र म त्यो ल्याम्प पोस्ट मुनि उभिएको आफ्नो भाई आभासको तस्बिर हेरेर पागल जस्तै एक्लै हाँस्न पुगेँ | बिचरा आभास भाई, अठार घन्टाको लोड सेडिंगले पिडित भइ, उज्यालोको खोजीमा हिड्दै जाँदा कुनै दरबारको छेउछाऊ ठडिएको त्यो ल्याम्प पोष्ट नजिक पुग्नुभयो  होला | सर्बसाधारण बस्ने टोलको बाटोमा एक  ल्याम्प पोष्ट नै हुदैनन्, भए पनि त्यसलाई पनि लोडसेडिंगले बाँकी राखेको हुदैन | अनि अँध्यारोबाट अनायास त्यो उज्यालो भेटेको बेला आफ्नो कृतिको नाम जुरेको हुनुपर्छ "ल्याम्प पोष्ट" | यो मेरो अनुमान मात्रै हो, तर मलाई विश्वास  उहाँको यो कृतिले थुप्रै अँध्यारो मनहरुकालागि ल्याम्प पोष्ट कै काम गर्ने  |

केहि दिनदेखि फेसबूकमा "ल्याम्प पोष्ट"  आभास भाइको चर्चा अनेक लिंकहरुमा पढी रहेको छु नेपाल बाट यता आउन लाग्नु भएको एकजना भाइको प्रतिक्षामा आँखा ओछ्याएर बसी राखेको छु | किन भने तिनै भाइको हातबाट "ल्याम्प पोष्ट" मेरो हात पर्ने वाला  कुन्नि के को पनि दिन आउँछ भने जस्तै मेरो खेस्राको पनि दिन आएको देखेर दंग छु त्यसैले  अक्सर  भन्ने गर्छु, लेख्नु मात्रै पर्ने रहेछ सबैलाई रिझाउन नसकेपनि उस्तै उस्तै आस्था  विचार बोकेको मानिसहरुलाई मन पर्न सक्दो रहेछ | बिभिन्न पत्र पत्रिका  मेडियामा  आभास भाइको दोश्रो एल्बम "ल्याम्प पोष्ट"को टिका टिप्पणी पढेर झन् उत्साहित भएको छु | बिल्कुल प्रकृति  मानवीय संवेदन- माया, पिरती, मिलन  बिछोडको भन्दा फरक प्रकृतिको संबेदनले खोजेको अभिव्यक्तिमा पनि धेरै श्रोताहरुको अभिरुची बढ्न थालेको रहेछ हाम्रो नेपालमा  |

सातौँ वर्षमा प्रवेश गरि सकेको "पलेटी" कार्यक्रमको बारेमा मैले यहाँ केहि लेखि राख्नु पर्ला जस्तो लाग्दैन | पलेटी कार्यक्रमको संचालक नेपालयले  "पलेटी" शृंखलाका थुप्रै गीतकार, संगीतकार गायकहरुको अजर अमर गीतहरुको संकलन गरि  भन्दा बढी सिडी उत्पादन गरि सकेको र आभास भाइको यो एकल दोस्रो एल्बमको उत्पादक पनि नेपालय नै हो | नेपाली साहित्य, सङ्गीत  सिनेमाको क्षेत्रमा नितान्त बेग्लै पहिचान बनाउन सफल नेपालयबाट, डायस्पोराका ठुला ठुला नामका धनि साहित्यिक सांस्कृतिक संस्थानहरुले धेरै सिक्न सक्ने छन् | नत्र नेपालका पाठकहरु "बाह्र लाखको कविता" ( मेरो एउटा कथा ) पढेर अनि यहाँ हुने कुम्भ मेलाका चर्तिकलाहरुको खबर पढेर हाँस्दै बस्नेछन् |

अन्तमा "ल्याम्प पोष्ट" को सफलताको कामना संगै "पलेटी" शृंखलाको निरन्तर प्रगतिको कामना |

        

        

Comments

prakash sayami

aavas bhai lai shubhakamanaa

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |