हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कबि गोष्ठी सम्पन्न,(आचार्य प्रभा)


.ने.सा.. कोलोराडो च्याप्टरको नियमित कबि गोष्ठी कार्यक्रम सफलता पूर्वक सम्पन्न
आचार्य प्रभा/ डेन्भर कोलोराडो

मे २८, २०११ का दिन कोलोराडो च्याप्टरको नियमित कार्यक्रम "कोलोराडो साहित्य सँगम" कबि गोष्ठी श्री बिष्णु बस्नेत अपर्णा बस्नेतको आतिथ्यमा वहाँहरुकै निवासमा सफलता पूर्वक सम्पन्न भयो उक्त गोष्ठिमा बरिष्ठ कथाकार तथा गजलकार मनु ब्राजाकी बरिष्ठ  साहित्यकार शैलेन्द्र साकारको पनि उपस्थिती थियो आजका केही रचनाहरु प्रतियोगितात्मक पनि थिए उक्त प्रतियिगिताका निर्णायक द्वय कबि शैलेन्द्र साकार गजलकार मनु ब्राजाकी हुनुहुन्थ्यो ।यस्तै गरेर अप्रतियोगी रचनाहरु पनि प्रशस्त पाठ गरिएको थियो रचना पाठ गर्नुहुनेहरुमा डा.बिजय राज शर्मा, निर्मल प्याकुरेल, राजु सिटौला, ज्ञानेन्द्र गदाल, आचार्य प्रभा, देव भट्टराई, बुना दाहाल, श्याम श्रेष्ठ, बिजय देव अधिकारी, तारा अधिकारी, इन्दिरा रेग्मी, शैलेन्द्र साकार, मनु ब्राजाकी, पदम विश्वकर्मा, सुशिल सुबेदी, प्रमिला शर्मा हुनुहुन्थ्यो भने आगन्तुक रचनाहरुमा केशब आचार्यको गजल श्री रत्न भण्डारीले बाचन गर्नु भयो भने नेपालबाट बिमला तुम्खेवाको कबिता आचार्य प्रभाले बाचन गर्नु भएको थियो यस्तै गरेर बेत्रा के.सीले पनि आगन्तुक कबिता बाचन गर्नु भएको थियो। सदा झैं आजको गोष्ठिमा पनि श्रवणकर्ताहरुको पनि उत्तिकै उपस्थिती थियो रचना श्रवण गर्नु हुनेहरुमा बिष्णु हरी बराल, मन्जु श्रेष्ठ, प्रीती आचार्य, नीती आचार्य, सुरज थापा, बिष्णु बस्नेत, अर्पणा बस्नेत, ज्ञानुदेबी सिंह, श्री शास्वत  पौडेल, पवन विश्वकर्मा, मनिष  शंकर हुनुहुन्थ्यो यसरी हर महिना बडो उत्साहको साथ कोलोराडोमा साहित्यिक जमघट सफलता पूर्वक हुने गर्दछ प्रत्येक महिना कोलोराडो च्याप्टरले यो भूमीलाइे  साहित्यमय बनाउँदै आएको श्रष्टाहरुले पनि पूर्ण रूपमा कोलोराडोबासीको प्रेरणा माया पाउँदै आएर नै यो कार्यक्रमले सफलता पाउन सक्षम बनेकोछ
प्रायोजन गर्नुहुने महानुभावहरुले पनि भित्री हृदयबाट नै उक्त कार्यक्रमलाइे सहयोग प्रेरणा दिँदै आउनु भएको आजको कार्यक्रममा तस्बिरहरु संगाल्न मदत गर्नु भएर श्री शास्वत पौडेलले श्रष्टाहरुलाइे अनुग्रिहित बनाउनु भएको थियो भने श्री बिष्णु बस्नेत श्रीमती अर्पणा बस्नेतले कार्यक्रम बिसर्जन पछि चिया खाजाको प्रबन्ध मिलाइेदिनु भएर सबै साहित्यिक मनहरुप्रति धन्यवाद दिनु भएको थियो       

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |