हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सृजनाका लहरको अर्को तरंग,(सहदेव पौडेल)

न्यु योर्कमा हरेक महिनाको पहिलो आईतबार आयोजना हुने नेपाली भाषा र साहित्य प्रेमीहरुको नियमित जमघट जुन ५ का दिन न्यु योर्कको ज्याक्सन हाइट्समा सम्पन्न भएको छ | तिन खण्डमा विभाजित 'सृजनाका यात्राहरु'को पहिलो खण्डमा कवि एवं कानुनविद बिनोद रोकाले एकल कविता वाचन गर्नु भएको थियो | कवि रोकाले आफ्नो चोटिलो र व्यंग्यात्मक छोटो रचनाको साथमा, माया-पिरती,सामाजिक एवं राजनीतिक भावका गीत र कविताहरु सुनाउनु भएको थियो भने गायिका पबिता बागचन्दले बिनोद रोकाकै गीत गाउनु भएको थियो |
कार्यक्रमको दोस्रो खण्डमा अन्य १० सर्जकहरु क्रमश: गीता खत्री,ज्योति पौडेल, कमला प्रसाईं, सीता खरेल, पुनम काफ्ले, परिता राजभण्डारी, मणी वांग्देल, तिर्थराज बराल, गोबिन्द कोईराला, कृष्ण सिं धामीले आफ्नो सृजनाहरु सुनाउनु भएको थियो | कार्यक्रमको अन्तिम खण्डमा डा.तारा निरौला र कृष्ण सिं धामीले कविताहरुको समालोचना गर्नु भएको थियो|

कार्यक्रमको संयोजन र संचालन मणि वांग्देल र सहदेब पौडेलले गर्नु भएको थियो | न्यु योर्क ज्याक्सन हाइटसमा रहेको चौतारी रेस्टुरेन्टले  नेपाली भाषा र साहित्य सम्बन्धि कार्यक्रम गर्न आफ्नो प्रेक्षालय नि:शुल्क उपलब्ध गराएको थियो

सन् २००८ को डिसेम्बर महिनादेखि नियमित रुपमा आयोजना हुदै आएको सृजनाका यात्राहरुको अर्को शृंखला जुलाई १० आइतबारको दिन कवि गोबिन्द कोईरालाको एकल कविता वाचनको साथमा हुने छ |

Comments

Jimba

Sayad yesto pani hudo ho..

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |